काठमाडौंः बादरले लुट्यो ३ लाख २० हजार रुपैयाँ ! पैसाको प्रयोग मानव जातीले मात्रै प्रयोग गर्छन् ।
अन्य जनावरलाई यसको कुनै प्रयोग हुदैन यसको लुटपाट पनि मानिसलेनै गर्छन् ।
तर भारतको उत्तर प्रदेशमा बादरले १ व्यक्तिको २३ लाख २० हजार रुपैयाले भरिएको झोला लुटेको छ ।
यो समाचार हाल सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल भइरहेको छ ।
ब्याग लुट्नुपूर्व बादरले उक्त व्यक्तिलाई धेरै समय हमला गरेको थियो लुटिने व्यक्तिको नाम विजय बंसल हो ।
यो घटनापछि प्रहरीलाई पनि बोलाइएको थियो । लुटिने व्यक्ति बैंकबाट बाहिर आए लगत्तै यो घटना भएको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार करिब १०स्३० बजे इन्डियन ओवरसीस बैंकमा विजय बंसल पुगेका ष्थिए ।
सोही समयमा बादरले उनलाई आक्रमण गरेको थियो । ‘बादरको झुन्डलेनै उनलाई आक्रमण गरेको थियो ।
म १ लाख जोगाउन सफल भए तर बाँकि रुपैया खोस्न सकिएन,’ उनले भने ।
यो विषयमा प्रहरीले केही व्यक्तिलाई सोधपुछ पनि गरेको छ तर केही पत्त लाग्न सकेको छैन ।
पछिल्लो समयमा आगरामा बादरको आतंक बढ्दै गएको छ ।
केही दिन अगाडि पनि आगराको ताज महलमा बादरले विदेशी पर्यटकमाथि पनि आक्रमण गरेको थियो ।
एजेन्सी
भारतीय प्रधानमन्त्री मोदीको विवाह हुने