सुनसरी । नक्कली शैशिक प्रमाण पत्र तथा नागरिकता बनाउने गिरोह प्रकाउ सुनसरीको धरानबाट सरकारी तथा गैर सरकारी छाप तथा स्टाम्प प्रयोग गरि नक्कली शैशिक प्रमाण पत्र तथा नागरिकता बनाउने गिरोह प्रकाउ परेको छ ।

२ सय २७ वटा विभिन्न सरकारी निकाय, सरकारी विद्यालय तथा विश्व विद्यालयहरुका स्टाफ सहित धरान २ मा सञ्चालनमा रहेको मिक कम्युटर प्रालि बाट गिरोहका ४ जना पक्राउ गरेको हो ।
प्रहरीले बिहीबार राति स्ट्रिङ अप्रेशन गरि मिक कम्प्युटर प्रा.लि.का निर्देशक नेपाली कांग्रेशका महासमिति सदस्य राजकुरा थोप्रा लिम्बु, नेकपा एमालेका सुनसरी क्षेत्र नम्बर १ का सदस्य राम सेवा तथा प्रा.ली. प्राविधिक सहयोगी धरान १५ का विर ध्वज लिम्बु र धरान ८ का सरोज योङहाङलाई नियन्त्रणमा लिएको हो ।
संघीय इकाई प्रहरी कार्यलय धरानका डिएसपी भिम दाहलको नेतृत्वको टोलीले मिक कम्प्युटर मा स्ट्रिङ अप्रशन गरि प्रालिबाट किर्ते गरि बनाइएका विभिन्न विद्यालय तथा कलेजका सर्टिफिकेट, नगारिकता तथा कम्प्युटर समेत बरामत गरेको छ ।
साथै प्रहरीले मिक कम्प्युटर प्रा.लि.मा प्रहरीले सिलबन्दी समेत गरेको छ ।
प्रक्राउ परेको राम सेवासहितको यो गिरोह लामो समय देखि नक्कली नागरिता सर्टिफिकेट बनाउदै आएको प्रहरीले जनाएको छ ।
चारपाथी मकै फल्ने बारीमा १५ लाखको तरकारी