बलात्कारीलाई फाँसी दिनुपर्ने माग

बलात्कारीलाई फाँसी दिनुपर्ने माग

काठमाडौं : बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै शनिबार महिलाहरुले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।

पछिल्लो समय बलात्कारका घटना बृद्धि भएपछि बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै उनीहरुले अर्धनग्न प्रर्दशन गरेका हुन् ।

बलात्कारीलाई फाँसी दिनुपर्ने माग
बलात्कारीलाई फाँसी दिनुपर्ने माग

प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर झडप पनि हुन पुगेको थियो । झडपमा आधा दर्जन प्रर्दशनकारी घाइते भएका छन् ।

अर्धनग्न प्रर्दशनमा उत्रिएका महिलाहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो ।

तर, प्रहरीले उनीहरुलाई समेत छाडेन ।
यसअघि सरकारले माइतीघरमा प्रदर्शन गर्न नपाइने गरी निशेधित क्षेत्र घोषणा गरेको थियो ।

तर, सर्वोच्च अदालतले आदेश कार्यान्वयन नगर्न भनेको छ । तैपनि प्रहरीले शान्तिपूर्णरुपमा प्रदर्शनमा उत्रिएकाहरुमाथि हस्तक्षेप गरेको आयोजकहरुको गुनासो छ ।
माइतीघर मण्डलामा सरकारको बिरोध गर्दै युवतीहरुले कपडा खोलेर फाले र गरे अर्धनग्न प्रदर्शन (भिडियो)

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment