साढे ३ सयभन्दा बढीको मृत्यु, ३ लाख मानिस घरबारविहीन

साढे ३ सयभन्दा बढीको मृत्यु, ३ लाख मानिस घरबारविहीन

काठमाडाैँ । साढे ३ सयभन्दा बढीको मृत्यु, ३ लाख मानिस घरबारविहीन शताब्दीकै खराब भनिएको बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा मृत्यु हुनेकाे संख्या ३ सय ५७ पुगेकाे छ । शनिबार मात्रै ३३ जनाकाे शव फेला परेकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा बर्खा जुन महिनामा सुरु हुन्छ तर मृत्यु हुनेको संख्या भने केरलामा पछिल्लो ४८ घण्टामा निकै बढेको छ ।

तर शनिबारदेखि वर्षा कम भएकाे भन्दै त्यहाँकाे सरकारले १४ जिल्लामा लगाएकाे रेड अलर्ट हटाएकाे छ भने १० जिल्लामा अरेन्ज अलर्ट भनेक कायमै राखेकाे छ ।
उक्त राज्यमा भारी वर्षाका कारण अाएकाे बाढी तथा पहिराेबाट करिब ३ लाख मानिसहरू घरबारविहीन भएका छन्, उनीहरु हाल शिविरहरूमा बसिरहेकाे जनाइएकाे छ ।

हेलिकोप्टरमार्फत् खासगरी बालबालिका र बृद्धबृद्धालाई उद्धार गरेर सुरक्षित स्थलतर्फ सारेर शिविरमा राखिएकाे हाे ।

विपत्तीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त राज्यमा देखिएको विपद्को अवस्था हेर्न आफैँ त्यहाँ पुगेका थिए ।

केरला सरकारले धेरैजसोको पहिरोले निम्त्याएको भग्नावशेषमा पुरिएर ज्यान गएको जनाएको छ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment