गर्भमा छोरी छ भनेका डाक्टरले छोरा जन्मिएपछि काटिदिए लिंग

गर्भमा छोरी छ भनेका डाक्टरले छोरा जन्मिएपछि काटिदिए लिंग

गर्भमा छोरी छ भनेका डाक्टरले छोरा जन्मिएपछि काटिदिए लिंग भारत झारखण्डको इटखोरीमा नक्कली डाक्टरले नवजात शिशुको लिंग काटेर शिशुको हत्या गरेका छन् ।

आठ महिनाको गर्भ जाँच गर्दा छोरी भएको बताएका ति डाक्टरले शल्यक्रिया गर्दा छोरा भएको थाहा भएपछि लिंग काटिदिएका भारतीय संचार माध्यमले जनाएका छन् ।
लिंग काटिएपछि उच्च रक्तश्राव भएर शिशुको ज्यान गएको हो ।

तर डाक्टरले शिशुको परिवारलाई अपाङगता भएको बालिका जन्मिएको र उनको मृत्यु भएको खबर दिएका थिए ।

परिवारले शिशुको शव फालेको ठाउँमा हेर्न गएपछि मात्रै लिग काटिएको अवस्थामा आफ्नो शिशुको ज्यान गएको थाहा पाएका थिए ।

त्यसपछि उनीहरुले प्रहरीमा उजुरी दिए । तर नक्कली डाक्टर अहिले फरार छन् ।

उनीहरुको खोजी भैरहेको भारतको प्रहरीले जनाएको छ । परिवार यतिबेला शोकमा डुबेको छ ।

उनीहरुले नक्कली डाक्टरलाई कारवाहीको माग गरेका छन् ।

 

बसले टेम्पोलाई ठक्कर दिँदा चालकको मृत्यु

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment