घरमा सुतिरहेकाे अवस्थामा कार्यालय सहयोगीको हत्या

घरमा सुतिरहेकाे अवस्थामा कार्यालय सहयोगीको हत्या

बैतडी। घरमा सुतिरहेकाे अवस्थामा कार्यालय सहयोगीको हत्या दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ ।

मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो ।

ठगुन्नाको घरमै हत्या भएको थियो । प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको स्थानीयवासी दिनेश सिंहले जानकारी दिनुभयो ।

घरमा एक्लै सुतिरहेका अवस्थामा उनको हत्या गरिएको छ । उनको टाउकोमा घाउ छ ।

ठगुन्नाका श्रीमती र छोरा तराइतिर बस्दै आएका छन् ।

घरमा पठाउनका लागि जम्मा गरेको रु १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, इलाका प्रहरी कार्यालय लटिनाथ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।

 

प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment