सोलुखुम्बु। भासियो काठमाडौँ–फाप्लु सडक, यातायात पूर्णरूपमा अवरुद्ध काठमाडौँ–फाप्लु सडक खण्डको छुल्यामू सडक खण्डमा सडक भासिँदा यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ६ छुल्यामूमा सडक करिब दुई फिट भासिएपछि उक्त सडक हुँदै आवतजावत गर्ने यातायातका साधन ठप्प भएका हुन् ।
यो खबर आजको गोरखापत्रमा छापिएको छ ।
कुनाको ढलसहित सडकको तल तिरको भाग पूरै भासिदा सो सडकमा यातायात ठप्प भएको अस्थायी ट्राफिक प्रहरी पोस्ट सोलुखुम्बुका इन्चार्ज सञ्जीव चौधरीले जानकारी दिनुभयो ।
जिल्लाबाट काठमाडौँ छुट्ने जिप लगायतका साना सवारीले वैकल्पिक सडकका रूपमा छुल्यामूको माथिल्लो सडक प्रयोग गरेका छन् भने बस तथा अन्य ठूला ढुवानीका साधन पूर्णरूपमा बन्द छन् ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्