गाडी खाेला तर्नै लाग्दा बाढी अाएपछि

गाडी खाेला तर्नै लाग्दा बाढी अाएपछि यात्रुहरू हाम फालेर बाँचे !

सल्यान । गाडी खाेला तर्नै लाग्दा बाढी अाएपछि यहाँकाे बनगाड खोलामा गाडीले खाेला तर्नै लाग्दा बाढी आएपछि यात्रुहरू हाम फालेर बाँचेका छन् ।

छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गतकाे साे खाेलामा बिहीबार साँझ अचानक बाढी आएपछि यात्रुहरु गाडीबाटै हाम फालेर बाँच्न सफल भएका हुन् ।

गाडी खाेला तर्नै लाग्दा बाढी अाएपछि यात्रुहरू हाम फालेर बाँचे !
गाडी खाेला तर्नै लाग्दा बाढी अाएपछि यात्रुहरू हाम फालेर बाँचे !

 

जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेकाे बा ४ ख ३७५९ न को हायस गाडी खोला तर्न लाग्दा बाढीमा फसेकाे थियाे ।

बाढीले गाडी बगाउन थालपछि केही यात्रुहरू धमाधम हाम फालेर बाँचे ।

तर केही यात्रु भने गाडीभित्रै फसेका थिए ।

बाढीमा फसे पनि मानवीय क्षति चाहिँ भएन । खाेलाले बगाएकाे गाडी केही तलसम्म पुगेर एउटा ढु‌ंगाकाे अाडमा अडिएकाे थियाे ।

लगत्तै गाडीभित्र फसेका बाँकी यात्रुहरूलाई डोजरको सहायताले उद्धार गरियाे ।

गाडी खाेला तर्नै लाग्दा बाढी अाएपछि यात्रुहरू हाम फालेर बाँचे !
गाडी खाेला तर्नै लाग्दा बाढी अाएपछि यात्रुहरू हाम फालेर बाँचे !

यात्रुहरु अाफू बाँच्न सफल भए पनि सामानहरु खाेलामा बगेकाे बताइएकाे छ ।

गत साउनमा पनि यस खाेलामा ठूलाे बाढी अाउँदा सवारीसाधन र यात्रुहरु फसेका थिए ।

खाेलामा पुन बन्न नसक्दा यसरी यात्रु जाेखिम माेलेर यात्रा गर्न बाध्य छन् ।

 

पुरुषले दिए सम्वन्ध विच्छेदको मुद्धा

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment