गुल्मीमा भेटियो अर्को झमक कुमारीः खुट्टाले लेखेरै उत्कृष्ट विद्यार्थी

गुल्मीमा भेटियो अर्को झमक कुमारीः खुट्टाले लेखेरै उत्कृष्ट विद्यार्थी

बुटवल, ८ भदौ । गुल्मीमा भेटियो अर्को झमक कुमारीः खुट्टाले लेखेरै उत्कृष्ट विद्यार्थी उमेरले उनी १३ वर्षका भएका छन् । उनी कक्ष ५ मा पढ्छन् ।

जन्मजात उनका दुवै हातका औलाहरु छैनन् । उनका हात बराबर पनि चल्दैनन् । खुट्टाको औलाहरुको सहायताले उनले अरु विद्यार्थीहरु भन्दा अझ छिटो र शुद्ध लेख्छन् । सो कक्षाका उनि अब्बल विद्यार्थी हुन् ।
उनि हुन् गुल्मीको श्रृङ्गा माध्यामिक विद्यालय छत्रकोट–४, श्रृङ्गाका छात्र ऋषिराम कँडेल ।

सोही स्थानका लक्ष्मण कँडेलका एक मात्र सन्तान हुन उनि ।

एक मात्र सन्तान जन्जात अपाङ्ग भएकोमा न बाबुलाई खिन्नता छ न छोरालाई हिनतावोध छ ।

सपाङ्ग भएर मात्र मानिसहरु सक्षम हुन्छन् भन्नेहरुलाई उनको सक्षमताले स्वतः लोप्पा खुवाई दिन्छ ।

उनका पिता भन्छन –‘उ जन्मेको २ वर्षसम्म अदुवाको चाको झैं हात खुट्टा एकै ठाउँ भएको गोलो थियो ।

हात खुट्टा छुटाउँन गाह्रो भएपछि त्यही छोरो रुपी चाको बोकेर बनेपाका अस्पतालमा लगेर हात खुट्टा सोझाई दिए र ल्याएँ ।

अहिले यत्तिको भएकोमा मलाई हर्ष र उसको सक्षमता प्रति गर्व छ ।’
उनले थपे–‘खाना खुवाउन र दिशा पिशाव गराउन मात्रै उसको समास्या हो । घस्रेरै हिडे पनि आफ्नो सबै काम उसले गर्न सक्छ ।

हामी श्रीमान श्रीमतीलाई पूर्ण बिश्वास र भरोसा छ, उसले धेरै पढेपछि हामीलाई बुढेशकालमा पाल्छ भन्ने कुरामा ।

सपाङ्ग सन्तानको अभाव हामीले ठानेका छैनौ । त्यसैले पनि हामीलाई अर्को सन्तानको रहर छैन ।

सामन्य किशान हुँ तर यति एउटा छोरालाई जतिसम्म सक्छु त्यति मैले पढाएरै छाड्ने छु ।

’ त्यस विद्यालयकी शिक्षिका भगवती श्रेष्ठ भन्छिन् ‘उसको पढाई अरु विद्यार्थीहरुको भन्दा एकदम राम्रो छ । कक्षा शिक्षक मित्र प्रशाद कँडेल भन्छन, ‘अरु भन्दा उ बढि एक्टिभ विद्यार्थी हुन् ।’

अरुलाई घोकाउनु पर्छ उसलाई एकचोटी पढाए दिमागमा राखी हाल्छ ।

विषय बस्तु दिएर लेख्न पठायो भने अरुले भन्दा उसले छिटो बुझाउँछ ।

अक्षर पनि अरुले भन्दा छिटो र शुद्ध लेख्छ ।

अर्की शिक्षिका सुनिता परियार भन्छिन, ‘उ चित्रकलामा झन अगाडि छन् ।’

भविश्यमा उनले चित्रकलामा दखल राख्न सक्छन् ।

निकै राम्रो चित्रहरु बनाएका उनि प्रधानमन्त्री केपी शर्मा ओली लगायतको क्यारिकेचर पनि गर्ने गर्छन्।

प्रधानाध्यापक विकास चन्द्र खरेल भन्छन् ‘अपङ्गता भएर पनि सपाङ्गताले भन्दा बढि उत्कृष्ट ति विद्यार्थी सञ्चार माध्यबाट ओझेलमा परेकै हुन् ।’

 

उनलाई गाउँपालिका स्तरबाट पनि प्रोत्साहित गर्ने पहल भई रहेको छ ।

ती बालक भन्छन्, ‘मलाई अपङ्गता भएकोमा हिनता बोध छैन । अरु भन्दा पढाईमा कम पनि छैन ।

भविश्यमा के बन्ने र कतिसम्म पढ्ने सोच राखेका छौ ?

भन्ने प्रश्नमा उनले अहिले केहि नसोचेको बताउँदै आफ्नो भविश्य भविश्यकै हातमा छाडी दिए ।

आफुलाई साथीहरुले हेलाको दृष्टिले कहिल्लै नहेरी सबैबाट माया र उत्साह पाएको उनि बताउँछन् ।

उनलाई त्यस विद्यालयमा गुल्मीको झमक कुमारीका रुपमा लिँदै भोलीका दिनमा कुनै न कुनै क्षेत्रमा उनि जस्तै सक्षम र चर्चित बनाउने गरी अभिभावक र परिवारजनहरु लागि परेका छन् । प्रेम सुनार,

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment