काठमाडौं, ८ भदौ । महिला हिंसा कम गर्न कडा कानून बनाउन सांसदहरुको माग प्रतिनिधिसभाको आज बोलाइएको बैठकमा सांसद विन्दा पाण्डेले महिला हिंसा विरुद्ध पाठ्यक्रममा समावेश गर्न संकल्प प्रस्ताव पेश गरेका छन् ।
उनले महिलामाथि हुने जघन्य अपराध, घरेलु हिंसा, सामाजिक न्याय र समानता जस्ता विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न सरकारलाई निर्देशन दिन संकल्प प्रस्ताव पेश गरेका हुन् ।
उनले विद्यालयको पाठ्यक्रममै समावेश गरेपछि हिंसा विरुद्ध चेतना बढ्ने विश्वास व्यक्त गरे ।
संकल्प प्रस्तावमा छलफल गर्दै सांसदहरुले घरेलु हिंसाका कारण महिला पीडित बन्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा महिला हिंसालाई न्युनिकरण गर्न कडा कानूनको आवश्यकता रहेको सांसदहरुको भनाई थियो ।
यस्तै आजको बैठकमा संसदमा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले खाद्यअधिकार सम्बन्धी विधेयक पेश गर्नुहुने कार्यसूची रहेको छ । यस्तै, बैठकमा पेश भएका केही विधेयकमा समेत छलफल हुने कार्यसूची रहेको छ ।
गुल्मीमा भेटियो अर्को झमक कुमारीः खुट्टाले लेखेरै उत्कृष्ट विद्यार्थी