जाँडरक्सी, जुवातास, गाँजा मुक्त वडा बनाइँदै

जाँडरक्सी, जुवातास, गाँजा मुक्त वडा बनाइँदै

पर्वत । जाँडरक्सी, जुवातास, गाँजा मुक्त वडा बनाइँदै यहाँको एक विकट वडालाई जाँडरक्सी, जुवातास र गाँजा मुक्त बनाइने भएको छ ।

सभ्य समाज निर्माण गर्ने उद्देश्यले महाशिला गाउँपालिका– ३ बालाकोटलाई मदिरा र जुवातासमुक्त वडा बनाउन लागिएको हो ।

आगामी असोज १ गते गाँजा, जाँडरक्सी र जुवातासमुक्त घोषणा गर्ने गरी तयारी भइरहेको वडाध्यक्ष रोशन गुरुङले जानकारी दिनुभयो ।

‘गाँजा, रक्सी, जुवातास, गर्छ यसले सर्वनास’ भन्ने मूल नाराका साथ गाउँमा यस्ता पदार्थ बिक्री वितरण तथा उत्पादन र सेवनमा रोक लगाउन अहिले गाउँका सबै टोलमा जनचेतना जगाउने काम भइरहेको छ ।

प्रत्येक घरधुरीमा पुगेर अवैधरूपमा मदिरा उत्पादन, सेवन तथा बिक्री वितरण गर्न रोक लगाइएको छ ।

पहिलो चरणमा सबै नागरिकसम्म जनचेतना फैलाउने र नियन्त्रण भएपछि सो घोषणा गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

सामाजिक विकृति तथा हिंसाका घटना अन्त्य गर्नका लागि स्थानीय प्रहरी चौकी र वडा कार्यालयको संयोजनमा पूर्णरूपमा मादक पदार्थ तथा जुवा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

 

पुरै बालाकोटबासी सक्रिय भएको यो अभियानमा महाशिला गाउँपालिकाले पनि सहयोग गर्ने भएको छ ।

समाजमा जनचेतनामूलक कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने गाउँपालिकाकाअध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार “गाउँपालिकाअन्तर्गतका छ वटै वडामा यो अभियान चलाइने छ ।

गुरुङ, मगरलगायतको जनजातिको बाहुल्यता रहेको यो वडामा घरेलु मदिरा उत्पादन तथा सेवनबाट घरेलु हिंसा र अपराधिक क्रियाकलाप बढ्न थालेपछि यस्तो अभियान थालिएको स्थानीयको भनाइ छ ।

वडाध्यक्षको संयोजकत्वमा अहिले घरदैलो अभियान थालिएको छ ।

अभियानमा स्थानीयबासीले पनि सहभागिता जनाएका र सबै वडाबासी सकारात्मक देखिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
जाँडरक्सी, जुवातास, गाँजा मुक्त वडा बनाइँदै

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment