कर्मचारी नहुँदा स्थानीय तह गतिहीन

कर्मचारी नहुँदा स्थानीय तह गतिहीन

काठमाडौं। कर्मचारी नहुँदा स्थानीय तह गतिहीन कर्मचारी अभावले कयौं स्थानीय तहले अझै गति लिन नसकेको पाइएको छ।

स्थानीय तहको निर्वाचन भएको एक वर्ष बितिसक्दा पनि केहीबाहेक अधिकांश स्थानीय तहले आफ्नो अधिकार समात्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूले बताए।

 

दैनिक प्रशासन सञ्चालनदेखि स्थानीय तहलाई दिइएको अधिकार प्रयोगमा आउन सकेको छैन।

ती तहहरूले अहिलेसम्म न्यूनतम संख्यामा कर्मचारीसमेत नपाएको, बजेट खर्च गर्न नसकेको र संगठन संरचना बन्न नसकेको मन्त्रालयले जनाएको छ।

स्मरणीय छ, संविधानले स्थानीय तहलाई आर्थिक, प्रशासनिक, न्यायिक, विधायकीलगायत थुप्रै अधिकार दिएको छ।

 

सो मन्त्रालयका अनुसार स्थानीय तहमा अझै करिब १३ हजार र प्राविधिकतर्फ ३० हजार कर्मचारी अपुग छ।

एक वर्षदेखि कर्मचारी पठाउन शुरू गरिए पनि प्रशासनतर्फ १२ हजार ८ सय ७१ कर्मचारी चाहिएको उक्त मन्त्रालयको स्थानीय तह शाखाले जनाएको छ। अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment