गरगहना तथा धनमाल चोरी

गरगहना तथा धनमाल चोरी

लहान। गरगहना तथा धनमाल चोरी सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित डगराहा टोलमा गए राति करीब रु सात लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी भएको छ ।

 

घरमा कोही नभएको बेला मौका छोपी स्थानीय देवनाथ यादवको घरबाट चोरले गरगहना तथा धनमाल चोरी गरेका हुन् ।

घरभित्रको दराज फुटाएर सुनको सिक्का, सुनको मारबारी, मङ्गलसुत्र, सुनको मनटिक्का, सुनको बजरंगबली मूर्ति, सुनको औँठी चार थान,

कान र नाकको टप, चाँदीको करा ४० भरको हसुली, ७० वटा चाँदीको सिक्का ४० भरीको हारी १० भरीको बलिया तीन सेटलगायतका सामान चोरी भएको यादवले जानकारी दिनुभयो ।

 

साथै चोरले एक थान मोबाइल सेट तथा पाँच हजार भारतीय रुपैयाँसमेत लगेको यादवले बताउनुभयो । यता प्रहरीले घटनाबारे छानबिन र चोरको खोजतलास भइरहेको जनाएको छ ।

 

कस्ताे अन्धविश्वास ? कर्णालीमा ७७ प्रतिशत किशोरी अझैपनि छाउगोठमै

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment