२० वर्षीय युवकद्वारा ६ वर्षीया बालिका बलात्कृत !

२० वर्षीय युवकद्वारा ६ वर्षीया बालिका बलात्कृत !

बुटवल, ९ भदौ । २० वर्षीय युवकद्वारा ६ वर्षीया बालिका बलात्कृत ! प्रदेश–५ का केही जिल्लाहरुमा बलात्कारका घटना बढेको छ ।

यो प्रदेशको राजधानी मानिने रुपन्देहीमा मात्र पछिल्लो पाँच दिनको अन्तरालमा ६ वर्षीया बालिकासहित ३ वटा बलात्कारका घटना भएको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

केहि महिना अघि ज्युँदै जलाएर हत्या गरिएकी किशोरीकै गाउँ कञ्चन गाउँपालिकामा फेरी अर्को जघन्य प्रकारको घटना घटेको छ ।

सो गाउँपालिका वडा नम्वर ३ धमिनापालमा भदौ ६ गते राति करिब ११ बजेको समयमा स्थानीय २० वर्षीय विकल्प पुनले ६ वर्षीया बालिकालाई बारीमा लगेर मुख थुन्दै बलात्कार गरेको सालझण्डी इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेश बस्यालले जानकारी दिए ।

 

उनले भने–‘त्यस दिन राती त्यहाँको एक घरमा तीज गीत नाचगानको कार्यक्रम रहेछ । त्यहाँबाट करिब डेढ सय मिटर पर मकैबारीमा लगेर निज पुनले ती बालिकालाई बलात्कार गरेका थिए ।

उनि बिरुद्धा अदालतमा म्याद थप गरि मुद्धा अगाडि बढाईको छ ।’

 

उनका अनुसार उनले ती बालिकालाई बलात्कार गरिरहेको अवस्थामा त्यसै राम रमितामा भएकाहरुले छुटाएर पीडकलाई प्रहरीमा बुझाएका हुन् । त्यस दिन ती बालिकाकी आमा वुटवलतिर गएकी थिईन् ।

उनि धादिङ घर भई श्रीमानसँग अलग भई माईतीमै दुई सन्तानसहित बस्दै आएकी छन् ।

 

यता वुटवल ईलाका प्रहरी कार्यालयमा पनि एक हप्ताको अन्तरालमा दुई कटा वलात्कार घटनाका मुदा दायर भएको त्यहाँका प्रहरी प्रमुख डिल्ली मल्लले जानकारी दिए ।

मल्लका अनुसार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिका नगर स्थित चिप्स फ्याक्ट्रीको गोदाम भित्रै भदौ ७ गते साढे १२ बजेको समयमा एउटी कामदार महिला बलात्कृत भएकी छन् ।

उता प्रदेश ५ कै पूर्वी रुकुममा यसै हप्ता १६ वर्षीया किशोरीलाई १८ बर्षीय किशोरले बलात्कार गरेको मुद्धा दायर भएको त्यहाँका प्रहरी प्रमुख डिएसपी लोकनाथ तिम्लिसेनाले जानकारी दिए ।

 

३३ वर्षीया मुसिकोट ए (नाम परिवर्तित) महिलालाई सोही वडाका गोपाल भन्ने ४८ वर्षीय मेकबहादुर कौशलले बलात्कार गरेको अवस्थामा प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेको छ ।

 

त्यस्तै भदौ ४ गते साढे सात बजेको समयमा तिलोत्तमा नगरपालिका–६, मणीाग्राममा बर्ष १६ की कञ्जुलापुर (नाम परिवर्तन) कि किशोरीलाई सोही वडामा दुई जना पुरुषहरुले सामुहिक बलात्कार गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरी मुद्धा चलान गरेको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही तिलोत्तममा–६ का ४९ वर्र्षीय देवेन्द्र नारायण चौथरी र सप्तरी जिल्ला सोम नगरपालिका–६ भई सोही स्थानमा बस्दै आएका बर्ष १९ का सन्तोष चौधरी रहेका छन् ।

 

उनिहरुलाई अदालतमा म्याद थप गरि मुद्धा अगाडि बढाईएको डिएसपी मल्ले जानकारी दिए । उता पाहडी जिल्ला पूर्वी रुकुम र गुल्मीमा पनि यस हप्ता भित्र दुई बलात्कार घटना घटेका छन् ।

रुकुममा १६ वर्षीया किशोरीलाई १८ बर्र्षीय युवाले बलात्कार गरेको त्यहाँका प्रहरी प्रमुख डिएसपी लोकनाथ तिम्लिसेनाले जानकारी दिए ।

 

गुल्मीको इस्मागाउँ पालिका वडा नम्वर–५ म्याला विसौनाका ५६ वर्र्षीय ८ सन्तानका बाबु धनबहादुर चुँदराले स्थानीय मानसिक सन्तुलन ठीक नभएकी ४६ बर्षीया महिलालाई भदौ ७ गते साढे दश बजेको सयममा एउटा कयरोमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रोशन खड्काले जानकारी दिए ।

 

त्यस कार्यालय मुद्धाफाँटका सई शेरबहादुर खत्रीले निजलाई अदालतबाट ७ दिन म्याद थपेर कारबाही प्रकृया अगाडि बढाईएको बताए । प्रेम सुनार

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment