फोहोर बोकेको ट्रिपरको ठक्करबाट एकको मृत्यु

फोहोर बोकेको ट्रिपरको ठक्करबाट एकको मृत्यु

नुवाकोट । फोहोर बोकेको ट्रिपरको ठक्करबाट एकको मृत्यु नुवाकोटको ककनीमा फोहोर बोकेको ट्रिपरको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट फोहोर लिएर नुवाकोटको सिसडोल डम्पिङ साइड जाने क्रममा ट्रिपरले बिहान पौने ८ बजे ककनी गाउँपालिका वडा नम्बर १ का स्थानीय पैदलयात्रीलाई ठक्कर दिएको हो ।

 

ट्रिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय पदम बलामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

घटनापछि स्थानीयवासीले सिसडोल सडक–खण्ड बन्द गरेर आन्दोलन गरेका छन् ।

उनीहरुले ठक्कर दिने ट्रिपर तोडफोडको प्रयास गरे पनि प्रहरीले रोकेको थियो ।

स्थानीयवासीको आन्दोलनपछि काठमाडौंबाट फोहोर लिएर सिसडोलतर्फ छुटेका ट्रक, ट्रिपरहरु बाटोमै रोकिएका छन् ।

विम्स्टेक शिखर सम्मेलन सुरु हुनै लाग्दा काठमाडौंको फोहोर फाल्न समस्या हुनेतर्फ सचेत रहन जानकारहरुले सरकारलाई सुझाव दिएका छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment