१० दिन मै ३९ जना पुरुषद्वारा सम्बन्ध विच्छेद् !

१० दिन मै ३९ जना पुरुषद्वारा सम्बन्ध विच्छेद् !

 

बुटवल, ११ भदौ । १० दिन मै ३९ जना पुरुषद्वारा सम्बन्ध विच्छेद् ! मुलुकी संहिता लागु भएको १० दिन नवित्दै प्रदेश ५ का १२ जिल्ला मध्ये धेरै जना पुरुषद्धारा सम्बन्ध विच्छेदको मुद्धा दिने जिल्ला रुपन्देही परेको छ, भने हालसम्म एउटा पनि त्यस्तो मुद्धा नपरेको जिल्ला रोल्पा र अर्घाखाँची रहेको छ ।

रुपन्देहीमा हिजोसम्म ११ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दिएको जिल्ला अदालतका श्रेस्तेदार संजिव पोखरेलले जानकारी दिए ।

दोश्रो बढी सख्यामा दाङ्ग जिल्ला अदालतमा त्यस्तो मुद्धा परेको छ । हालसम्म ८ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दिएको दाङ्ग जिल्ला अदालतका तालुकदार भुपाल बहादुर कार्कीले जानकारी दिए ।

 

नवलपरासी जिल्ला अदालतमा ६ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार खुमबहादुर कार्कीले बताए ।

त्यहाँ तीन जना महिलाले पनि सम्बन्ध विच्छेदको मुद्धा दिएका छन् । रुकुममा पनि ६ जना पुरुषले सम्बन्ध पवच्छेदको मुद्धा दिएको सो अदालतले जनाएको छ ।

 

गुल्मीमा जिल्ला अदालतमा हिजोसम्म ५ जनाले सम्बन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।

बाँके जिल्ला अदालतमा ४ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार धनसिंह गिरीले बताए । बर्दिया जिल्ला अदालतमा २ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।

 

पाल्पा जिल्ला अदालतमा पहिलो दिन नै २ जना पुरुष र २ जना महिलाले सम्बन्ध विच्छेदको मुद्धा दिएको त्यसपछि नपरेको श्रेस्तेदार सुवर्ण खनालले बताउँछन् ।

 

कपिलवस्तुमा १ जना मात्रै पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दिएको का.मु. श्रेस्तेदार लेखनाथ अर्यालले जानकारी दिए । ती सबै जोड्दा यस प्रदेशबाट हिजोको मितिसम्म ३९ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दिएका छन् । प्रेम सुनार

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment