आज काठमाडौंमा बिजोर नम्बरका सवारीसाधन मात्र चल्न पाउने

आज काठमाडौंमा बिजोर नम्बरका सवारीसाधन मात्र चल्न पाउने

काठमाडौं । आज काठमाडौंमा बिजोर नम्बरका सवारीसाधन मात्र चल्न पाउने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका लागि बुधबारदेखि काठमाडौं उपत्यकामा जोर बिजोर अंकका आधारमा मात्र गाडी चल्न पाउने भएका छन् ।

यसअनुसार आज बुधबार बिजोर नम्बरका गाडी मात्र चल्न पाउँछन् ।

बुधबारदेखि र शुक्रबारसम्म सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू भएको हानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बुधबार र शुक्रबार बिजोर नम्बर भएका गाडी र बिहीबार जोर नम्बरका गाडी मात्र चल्न पाउनेछन् ।

 

बिमस्टेक बैठकको अवधिमा सवारी आवागमन सहज बनाउन जोर बिजोर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment