तीव्र गतिमा रहेको डोजर सडकबाट तल खस्दा दुईको मृत्यु

तीव्र गतिमा रहेको डोजर सडकबाट तल खस्दा दुईको मृत्यु

सिन्धुली – तीव्र गतिमा रहेको डोजर सडकबाट तल खस्दा दुईको मृत्यु कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढ निवासी

अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र सिन्धुली तीनपाटन गाउँपालिका ४ बागथला निवासी २२ वर्षीय कमल बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी सहाले जानकारी दिनुभयो ।

 

दुर्घटनामा सिन्धुली तीनपाटन गाउँपालिका ५ लंगुरखोला निवासी अन्दाजी २४ वर्षीय गणेश थापा घाइते भएकामा अहिले सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएको छ ।

मृतक बोगटी र घाइते गणेश थापा घर बनाउने डकर्मी हुन् ।

आज घर बनाउने काम नभएपछि उनीहरु डाँडीगुराँसे आउने क्रममा तीव्र गतिमा रहेको डोजर सडकबाट करीव २५ फिट तल खसेको थियो ।

दुर्घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

बस र ट्रक अापसमा जुध्दा २८ यात्रु घाइते

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment