चुल्होमा भात नपाकेपछि बुबाले गरे आत्महत्या

चरम गरिबीको असरः चुल्होमा भात नपाकेपछि बुबाले गरे आत्महत्या, तीन बालबालिकाको बिचल्ली

बेनी, १३ भदौ । चुल्होमा भात नपाकेपछि बुबाले गरे आत्महत्या बेनी नगरपालिका–६ भरालेका तुलबहादुर बानियाँले गरिबीकै कारण तीनबर्ष अगाडि घरभित्रै भान्छाकोठाको आत्महत्या गरे ।

एकबर्षे दुधे बालक, दुईछोरीसंगै भोकै सुतेकी सिताले विहान उठ्दा पतिमात्रै गुमाईन् भोकै सुतेका छोराछोरीलाई आँखामा देखेको सपना समेत चकनाचुर भए ।

 

चरम गरिबीको असरः चुल्होमा भात नपाकेपछि बुबाले गरे आत्महत्या, तीन बालबालिकाको बिचल्ली
चरम गरिबीको असरः चुल्होमा भात नपाकेपछि बुबाले गरे आत्महत्या, तीन बालबालिकाको बिचल्ली

दैनिक ज्याला मजदूरी गरेर परिवारको गुजरा चलाउँदै आएका तुलबहादुरले एकबर्ष छोराछोरीलाई विहान बेलुकी दुई छाक जोहो गर्न समेत

मुस्किल भएपछि परिवारको पीडालाई लुकाउन बाध्य भएर आत्महत्याको बाटो रोजे । छिमेकीलाई मागेर गुजारा चलाएपनि कैयौं रात भोकै सुत्नु

परेपछि छोराछोरीको अनुहारलाई हेर्न नसकेपछि पटक–पटक आत्महत्याको प्रयास गरेपनि आफुँले जोगाउने गरेको सिता बानियाँले बताईन् ।

गरिबीका कारण श्रीमानले प्राण त्याग गरेको बताउँदै बानियाँले अहिले पनि विहानबेलुकी हातमुख जोड्न मुस्किल भएको बताईन् ।

आर्थिक अभावका कारण मानसिक पीडा हुने गरेको बताईन् ।

घरभित्र भत्किनै लागेको घर बाहेक सम्पत्ती केही नभएको बताउँदै उनले सहयोगको याचना गरिन् । बुबाको मृत्यु भएपछि ८ की इश्वरी,६ बर्षकी सरस्वती र ४ बर्षीय गणेशलाई स्थानीयले खाद्य साम्रागी सहयोग गर्ने गरेका छन् ।

चरम गरिबीको असरः चुल्होमा भात नपाकेपछि बुबाले गरे आत्महत्या, तीन बालबालिकाको बिचल्ली
चरम गरिबीको असरः चुल्होमा भात नपाकेपछि बुबाले गरे आत्महत्या, तीन बालबालिकाको बिचल्ली

जमिनको नाममा एक टुक्रा पनि भएपछि गाउँलेले बनाइदिएको घरमा बस्दै आएका बालबालिका निकै कष्टपूर्ण तरिकाले दिनरात गुजादैं

आएको छिमेकी रामचन्द्र पौडेलले बताए । उमेरले ८ बर्षमा प्रवेश गरेकी इश्वरीले बुवाले पासो लगाएर कोठामै आत्महत्या गरेको देखिन् ।

अझैपनि उनले भान्सा कोठामा प्रवेश गर्नेलाई आफ्नो बुबाले प्राण त्याग गरेको ठाउँ देखाउँछिन् ।

 

आर्थिक अभावले भोकभोकै बसेपनि उनीहरु चकचक गर्दैनन् ।

बर्षाको समयमा घरको भुईबाट पानी भित्र प्रवेश गर्ने गरेको छ भने घर चुहिँदा लत्ताकपडा, पुस्तक, कपि भिजाइदिने गरेको इश्वरीको भनाई छ ।

भान्सा कोठाको छेउमा रहेको एउटा बाकस जस्तै देखिनेमा किताब लुकाएर राख्ने गरेकी छन् ।

भराले गाउँका स्थानीयले खाद्य साम्रगी सहित बालबालिकालाई लत्ताकपडा समेत सहयोग गर्ने गरेका छन् ।घरकी जेठी छोरी इश्वरी पढाईमा अब्बल भएपनि घरको अवस्थाले शैक्षिक वातावरणले समेत आर्कषित गर्न सकेको छैन् ।

चरम गरिबीको असरः चुल्होमा भात नपाकेपछि बुबाले गरे आत्महत्या, तीन बालबालिकाको बिचल्ली
चरम गरिबीको असरः चुल्होमा भात नपाकेपछि बुबाले गरे आत्महत्या, तीन बालबालिकाको बिचल्ली

गाउँलेको सहारामा बाँचेका बालबालिकालाई उचित शिक्षादीक्षा,लत्ताकपडाको आवश्यकता रहेको छ ।

बर्खाको समयमा टिनबाट पानी चुहिन थालेपछि समान्य मर्मत गरिएको छ ।

यता वडा कार्यालयले समेत आर्थिक सहयोगका लागि पहल गरेको छ ।

यसैबीच आर्थिक सहयोग जुटाउन सुन्दर बानियाँ र तेजेन्द्र बानियाँको संयोजकत्वमा समिति समेत बनाइएको छ ।

समितिले ७५ हजार २६५ रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेको छ ।

त्यस्तै बेनी सामुदायिक माविका शिक्षकले समेत खाजा खर्च कटाएर ११ हजार ६ सय ५० सहयोग गरेका छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment