सुक्न थालेको सदरमुकाम तम्घास विस्तारै पलाउँदै

सुक्न थालेको सदरमुकाम तम्घास विस्तारै पलाउँदै

बुटवल, १४ भदौ ।  सुक्न थालेको सदरमुकाम तम्घास विस्तारै पलाउँदै पहिलो कुरा त गत वर्षको बजेट भाषणमा मदन भण्डारी लोक मार्ग जस्तो राष्ट्रिय गौरबको योजना पारियो र रकम विनियोजन पनि भयो । जसको कारण पनि सबै गुल्मेलीहरु हर्षित हुनुपर्ने देखिन्छ ।

पूर्वी झापादेखि सुदर पश्चिमाञ्चलका मानिसहरु यहि गुल्मीको रिडी तम्घास हुँदै आवत जावत गर्ने छन् ।

अर्को तिर कालिगण्डकी कोरिडोर सम्पन्न भई सकेपछि उत्तर चीनदेखि दक्षिण भारतसम्मका मानिसहरुको पनि त्यतिकै आवत जावत बढ्नेछ ।

केहि दिन अघि गुल्मी आएका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले भन्दै थिए मदन भण्डारी लोकमार्ग योजना पार्नका लागि आफुसहित अर्का मन्त्री गोकण विष्टको समेत त्यति नै पहल रह्यो ।

 

हामी झिना–मसिना योजनामा भन्दा पनि दिगो बिकास र जनतालाई प्रत्यक्ष समृद्धिको दिशामा डोराउने खालका ठुला र महत्काँक्षी योजनाहरुमा हात हाल्दै छौं ।

जसले केहि वर्ष भित्रैमा गुल्मेली जनताको मुहार फेर्न सकोस् ।

मन्त्री ज्ञवालीका अनुसार अर्को दिगो बिकास जन समृद्धिको तेश्रो बिकास हुँदै छ रेसुङ्गा विमान स्थलमा परिक्षण उडानको आफै उद्घाटन गर्न आएका ज्ञवाली अब त्यस विमान स्थलमा नियमित उडानका लागि काम धमाधम सुरु हुने बताएका थिए ।

 

उक्त विमान स्थल नियमति हुन साथ सिमिचौमा बजारीकरण सुरु हुनेछ ।

यता सदरमुकाममा पनि मानिसहरुको चहल पहल बढ्नेछ ।

मन्त्री ज्ञवालीले रेसुङ्गामा केवुलकार सञ्चालनका लागि पनि अध्यान र परामर्श सुरु गरी सकेका छन । चन्द्रगिरी केवलकारका सञ्चालक चन्द्र ढकाललाई उनले त्यसका लागि संगै लिएर आएका थिए ।

स्थानीयले साझा सोच राखेर तल स्टेशनका लागि जग्गा उपल्ब्ध गराए रेसुङ्गामा केवुलकारको सम्भावना रहेको उनले बताएका थिए ।

केवुलकार सञ्चालनमा आउन सके सदरमुकाम तम्घासको चहल पहल थप बढ्ने छ ।

 

अर्का मन्त्री गोकर्णराज बिष्टका अनुसार उनका क्षेत्रका सवै कच्ची सडक पक्की गर्ने कार्य धमाधम भई रहेको छ र छिट्टै कालोपत्रे पनि हुनेछ ।

 

सिमलटारीमा सब स्टेशन निर्माण गरिने प्रारम्भिक कार्य सुरु भई सकेको छ । सवै स्थानमा स्टीलको पोल फेर्ने कार्य पनि सुरु भई सकेको छ ।

राङ्गदालमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने कार्य पनि सुरु भई सकेको छ ।

त्यो सम्पन्न भई सके पछि सदरमुकाम र त्यस क्षेत्रमा मानिसहरुको चहल पहल बढ्ने छ । पछिल्ला दुई महत्वपुर्ण कुराहरुले स्थानीय तह बने पछि सुक्न थाली सकेको सदरमुकाम फेरी पलाएर झाङ्गिने निश्चित जस्तै भएको छ ।

पछिल्लो पटक दुई वटा जुन महत्वपुर्ण कुराहरु आएका छन्, त्यसले निराश भईसकेका यहाँका ब्यवसायीहरुलाई उत्साहित पारेको छ ।

एक रेसुङ्गा क्याम्पस आंगिक हुने तयारीमा छ । आंगिक भई सकेपछि छिमेकी जिल्लाबाट पनि विद्यार्थीहरु पढ्न आउने छन् ।

अर्को सडक र खानेपानीका दुई डिभिजन कार्यालय पनि गुल्मी कै तम्घासमा स्थापना हुँदैछन् ।

सडक तथा पुल डिभिजनको काम लिएर अब पाल्पा र अर्घाखाँचीका उपभोक्त समेत आउनु पर्ने भएकोले मानिसहरुको चहल पहल ह्वात्तै बढ्ने छ । धर्मिक स्थल रेसुङ्गाको पर्यटकिय विकासको काम पनि भई रहेको छ ।

त्यस वरीपरी रिङ्गरोड निर्माण कार्य भई रहेको छ ।

त्यसबाट पनि मानिसहरुको चहल पहल बढ्ने छ ।

स्थानीय तह पछि जग्गाको कारोबार समेत घट्दै गरेको र विशेष गरी यहाँका होटल व्यवसायीहरु अन्यत्र पलायन भई रहेको अवस्थामा बाँकी रहेकाहरु अब निरास हुनु पर्ने अवस्था छैन ।

केहि समयको धैर्यता पछि तम्घासको ब्यापार पहिला भन्दा बढि फस्टाउने छ ।

अर्को कुरा गाउँमा व्यवसायीक कृषि उत्पादन र पशुपालन ब्यवसाय एक पछि अर्को हुँदै फस्टाउँदै छ ।

केही गाउँहरुमा होमस्टे सञ्चालन हुँदै छ ।

धुर्कोट गाउँपालिकाले दशै सम्म हाडहाडेमा होम स्टे सञ्चालनमा ल्याँउदै छ । भार्सेमा पनि होम स्टे सञ्चालनका लागि प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोच अगाडि बढाएका छन् ।

सञ्चालनमा आई रहेको कुर्घाको स्वाँरा होमस्टेको विकासका लागि मन्त्री बरालले गत वर्ष ठुलो रकम प्रदेशबाट विनियोजन गराए ।

ठुलो लुम्पेक, जुभुङ्ग, बडागाउँ, वलिथुम लगायतका थुप्रै जनजाती वस्तीहरुमा होम स्टेको प्रचुर सम्भावना छ ।

यस प्रति जनप्रतिनिधिहरुको ध्यान जान सके समृद्धिको गन्तव्य भेटाउन धेरै लामो बाटो हिड्नु पर्ने देखिदैन । प्रेम सुनार,

 

 

गर्भमा छोरी छ भनेका डाक्टरले छोरा जन्मिएपछि काटिदिए लिंग

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment