प्रेम सुनार,
गुल्मी, १४ भदौ । यस्तो छ दाजुद्वारा बहिनी बलात्कारको नालिबेली गत महिना पाल्पाको तिनाउँ–५, चर्चरेको जंगलमा दाजुद्वारा बहिनी बलत्कृत भएको भनिएको घटनाका पछाडि पछिल्लो चरण केहि चर्चाहरु पनि चल्न थालेका छन् ।
ती बलाकृत भएकी भनिएको युवतीका नजिकका आफन्तसँग बुझ्दा उनि आफु खुसी भागी विवाह गरेर गुल्मीको कुर्घा पुगेकी थिईन् ।
केहि दिनपछि थाह पाएर ठुलो संख्यामा त्यहाँ पुगेका दाजु भाईहरुले जबरजस्ती छुटाएर त्यहाँबाट फर्काएका थिए ।
बिच बाटोमा आएर उनका सहोदर दाजुहरुले माईती तर्फ फर्काउन खोज्दा अर्का काकाका छोरा दाजुले बुटवलमा उसको दिदी कहाँ लगेर केहि दिन राखौं भनेर ढिपी गरे ।
त्यसो भए हामी सबै जनाले लगेर बुटवल छोडौन त भने अरुले ।
जुन अहिले बलात्कार अभियोगमा पाल्पा जिल्ला कारागारमा पुर्वक्षका लागि थुनामा छन उनले पर्दैन, सबै जान, के जन्ती जानेहरु र ? भन्दै आफु एक्लैले मोटर साईकलमा लगेर साउन ७ गते त्यस तर्फ हिँडाएका थिए ।
ती युवतीले परिवारलाई बताए अनुसार निज दाजुले पाल्पादेखि बुटवल पुग्ने बेलासम्म बिचमा मदिरा सेवन गर्ने र आफ्नो बहिनीलाई पनि जवरजस्ती पिउन लगाउने गरेका थिए ।
यसका साथै सडक छेउका जंगल जंगलमा रोक्दै दुई तीन पटक बलात्कार गरे । राति करिब ११ बजेको समयमा बुटवलको दिपनगरका रहेकी उनकी दिदीकहाँ उनिहरु दुवै जना पुगे ।
ती दाजु भनाउँदा रातको २ बजेसम्म पनि पुनः बलात्कार गर्ने मनसायका साथ भित्र सुतिरहेकी बहिनीको ढोका बाहिर उभिएर ढोका हानी रहे ।
राति नै पख तलाई जेल हाल्नै प¥यो भन्ने आवज बहिनीबाट आयो । दिदीसँग ती दाजुले गरेका सबै हर्कतहरु खोलिन् ।
अर्को दिन पाल्पा पुगेर जिल्ला प्रहरी कार्यालय मार्फत ती बहिनीले दाजु विरुद्ध जवरजस्ती करणीको मुद्धा दिईन् ।
प्रहरीले बहिनीको गोपनियता समेत खुल्ने हुँदा बलात्कार आरोपी ती पुरुषको समेत नाम र नजिकको ठेगना गोप्य राखेको छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी विनोद घिमिरेले निज आरोपीलाई पुर्पक्षका लागि अदालतले थुनामा पठाएको जानकारी दिए ।
उनले भने–‘हामीले नाम विवरण गोप्य राखेका छौं ।
३४ वर्षीया ती पुरुषले १७ वर्षीया ती युवतीलाई चर्चरेमा बलात्कार गरेको भन्ने जाहेरीमा उल्लेख छ ।
कतै विवाहित जोडीबाट छुटाएको रिस त थिएन ?
ती आरोपी दाजु सबैसँग मिलानसार ब्यक्ति हुन ।
राम्रौ व्यवसाय गर्दथे । ती युवती काकाकी छोरी हुन् ।
ती पुरुषको घरमा श्रीमती र छोरा छोरी पनि छन । उनी रनजनीतिकर्मी हुन् ।
उनका आफन्तजनको आरोप छ, उसलाई फसाईयो ।
आफुले मन पराएर गएको प्रेमीबाट छुटाईएको आक्रोस कतै यस घटनामा पोखियो कि ?
भन्ने चिन्ता र चासो बोक्दै परिवारजन यति वेला अधिकारकर्मीहरुबीच दौडधुपमा छन् ।
तर युवतीका दाजुले त्यस्तो कदापी हुन नसक्ने बताउँछन् ।
उनले भने –‘उनिहरु हिडेदेखि हामीले पटक पटक फोन सम्पर्क गरिरहेका थियौ ।
कति बेला फोन बन्द हुन्छ त कति बेला खुल्छ ।
फोनमा उसले बोलेका कुरा र गाउँमा उसका यस अघिका हर्कत पनि बुझ्दा हुन्छ ।
उनिहरुले भने जस्तो फसाउन होईन । बहिनी पीडित भएरै हो ।
बहिनीको जिन्दगी बिगारी दियो । पैसाको प्रलोभन पनि देखाईएको थियो
तर बहिनीको जिन्दगी भन्दा ठुलो हामीलाई पैसा होईन ।
कानुन अनुसार कडा सजाएँ होस् ।’