फेरि १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

फेरि १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

फेरि १६ वर्षीया किशोरीको सामूहिक बलात्कार १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमै अर्की १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । बेलडाँडी गाउँपालिकाकी किशोरीको बिहीबार राति बलात्कार भएको हो ।

चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए । त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए ।

उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर नजिकैको जबदिया गाउँ लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्स्पेक्टर सुरेन्द्रबहादुर बमले बताए ।

 

युवकले फोन गरेर बोलाउँदा किशोरीको घरमा पूजा चलिरहेको थियो । फोन आएपछि छोरी दौडिँदै सडकतिर गएको उनका बाबुले प्रहरीलाई बयान दिएका छन् ।

बलात्कारमा संलग्नमध्ये दुई युवकलाई किशोरीले चिनेको बताएकी छिन् । फरार चारैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडित परिवार र स्थानीयले मध्यरातमा घरबाटै अपहरण शैलीमा लगेर बलात्कार गर्नेलाई कारबाहीको माग गरेका छन् । घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायत पनि शुक्रबार घटनास्थल पुगेका थिए ।

 

एसपी कडायतले किशोरीको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको बताए । किशोरीको अवस्था जटिल नरहेको उनले बताए ।

किशोरीले बताएको आधारमा पहिचान भएका दुईजनाविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन् । दोषी भाग्ने भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन । यने खबर अाजकाे नयाँ पत्रिकामा छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment