तीन वर्षीया बालिकालाई बलात्कार गर्ने विनोदलाई २० दिनमै फाँसी

तीन वर्षीया बालिकालाई बलात्कार गर्ने विनोदलाई २० दिनमै फाँसी

काठमाडौं, १६ भदौ । तीन वर्षीया बालिकालाई बलात्कार गर्ने विनोदलाई २० दिनमै फाँसी पछिल्लो समयमा नेपालमा पनि बलात्कार जस्ता जघन्य अपराधहरु बढिरहेको छ । केही साता अघि कञ्चजपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भयो । अझै पनि स्थानीय सरोकार र प्रहरी प्रशासनले मुख्य दोषी को हो भनेर पत्ता लगाउन सकिरहेका छैनन् ।

त्यहाँका प्रहरी प्रशासनले सुगा रटाई गरि नक्कली दोषीलाई उभ्याएर पीडित माथि झन पीडा थप्ने काम मात्र गरेको छ । तत्पश्चात केही दिन अघिसम्म त्यहाँका स्थानीयहरु आन्दोलित भए । साथै निर्मला पन्तको न्यायको लागि आन्देलनमा पुगेका १४ वर्षीया सनी खुनाले आफ्नो ज्यानसम्म गुमाए । यो घटना अझैं पनि ज्युँको त्युँ छ ।

त्यस्तै केही साता अघि कञ्चनपुरकै अर्की एक बालिकाको पनि यौन पिपासुहरु इज्जत लुटिदिएको समाचार सार्वजनिक भएको छ । तर प्रहरी प्रशासनले दोषीलाई पहिचान गरेर कारवाही गर्न सकिरहेको छैन । यसै सन्दर्भमा केही महिला अधिकारकर्मीहरु बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ भन्दै पेटीकोट आन्दोनमा उत्रिए । यसको साथै कपाल मुण्डनसमेत गरेर बलत्कारीहरुलाई फाँसीको सजाय हुनुपर्ने माग गरिरहेका छन् ।

नेपालमा यसरी दिनहुँ बलात्कार जस्ता जघन्य अपराध बढिरहेको समयमा हाम्रो छिमेकी राष्ट्र भारतमा भने बलात्कारीको लागि फाँसीको व्यवस्था गरिसकेको छ । करीब एक महिना अघि मात्रै पनि सात महिनाकी शिशुलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय एक युवकलाई फाँसीको सजाय सुनाएको थियो ।

त्यस्तै अश्लिल भिडियोको सहारमा ब्ल्याकमेल गर्दै १२ वर्षीया बालिकाको सात महिनासम्म सामूहिक बलात्कार गर्ने गर्ने २२ जनालाई पनि कडा सजायको व्यवस्था गरिएको समाचार सार्वजनिक भएको थियो ।

यसैक्रममा भारतको राजस्थान स्थित झुंझुनु अदालतले तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई फाँसीको सजाय सुनाएको छ । ती बालिका अहिले मुटु रोगले ग्रस्त भएकी छन् । घटना घटेको २० दिन भित्रै अदालतले बलात्कारीलाई फाँसीको सजायको फैसला सुनाएको हो ।

फाँसीको फैसला सुनुवाई गर्दै न्यायाधीशले एउटा कविता समेत लेखेर सुनाएका थिए । यो घटना अगष्ट २ मा भारतको राजस्थान स्थित झुंझुनुमा बिहान करिब ९ बजेको घटेको हो । तीन वर्षीया ती बालिका आफ्नो हजुरआमासँग बसिरहेकी थिइन् । घर बाहिर ती बालिका खेलिरेही थिइन्, भने नजिकै दौसाको माडवडी भन्ने ठाउँमा बस्दै आएका विनोद कुमारले आफ्नो भाँडा कुँडा लगायतकासामानहरु बेचिरहेका थिए ।

विनोद कुमारले ती बालिका एक्लै खेलिरहेको अवस्थामा देखेपछि उनको मनमा नकारात्मक सोँच पलाएपछि तीन वर्षीया बालिकालाई समेत उनले छाडेनन् । बालिकाकी हजुरआमा त्यहाँ पुग्नेबित्तिकै उनी आफ्नो बाइक चडेर फरार भए ।
बेलुकी साँझ सात बजे प्रहरी समक्ष उजुरी दर्ता भयो, भने भोलिपल्ट चिडवाबाट विनोदलाई प्रहरीले पक्राउ गरे । प्रहरीले ९ दिनपछि (अगष्ट १३ तारिख) आरोपी विनोदविरुद्ध अदालतमा मुद्धा पेश गरेका थिए ।

तीन वर्षीया ती बालिकालाई बलात्कार गर्ने यौन पिपासु विनोदलाई फाँसीको सजाय सुनाउँदै न्यायाधीश निरजा दाधीचले भावुक कवितासमेत लेखेर सुनाएका थिए ।

न्यायाधीशले आफ्नो फैसला सुनाउँदै भने, ‘यस प्रकारको अपराधिहरुलाई समाजमा बाँच्ने अधिकार नै छैन ।’ यसका साथै उनले तीन वर्षीया बालिकाहरु घरमा एक्लै छोड्नु पनि असुरक्षित भएको समेत बताए ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment