सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

काठमाडौं ।  सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य मलेसियामा जारी एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो ।

 

सिंगापुरका लागि कप्तान चेतन सूर्यवंशीले ६० रन, अनिश परामले ३१ रनको योगदान दिए । नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए। सोमपाल कामिले २ र वसन्त रेग्मीले १ विकेट हात पारे ।

 

सुरुआती दुई खेलमा पराजित भएपछि दवावमा आएको नेपालले हिजो भएको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई १९ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो ।

 

प्रतियोगिताको विजेताले एशिया कप क्रिकेटमा सहभागिता जनाउन पाउँनेछ । नेपालले आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनको पराजय ब्यहोरेको थियो ।

 

सिंगापुरले भने प्रतियोगितामै सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको छ । उसले यसअघिका तीनै खेलमा जित हासिल गर्न सकेको छैन । नेपाल र सिंगापुर पछिल्लो १० वर्षमा पाँच पटक आमने सामने भएका हुन् । जसमा नेपाल अहिलेसम्म पराजित हुनुपरेको छैन ।

 

सन् २००८ को एसीसी एलिट ट्रफीमा यी दुईले पहिलो पटक खेलेका थिए, जहाँ नेपाल ६ विकेटले विजयी भएको थियो । सन् २०१० को डिभिजन फाइवमा १६ रनको जित हासिल गरेको नेपालले त्यही वर्षको एसीसी एलिट ट्रफी अन्तर्गतको खेलमा २१ रनको जित निकालेको थियो ।

 

त्यस्तै सन् २०१४ मा विश्वक्रिकेट लिग डिभिजन फोरमा नेपालले सिंगापुरलाई ५ विकेटले हराएको थियो भने त्यही वर्षको डिभिजन थ्री मा १९० रनको जित हासिल गरेको थियो ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment