पानी चोर्ने डरले धारामा ताल्चा ठोके

पानी चोर्ने डरले धारामा ताल्चा ठोके

रामेछाप ।पानी चोर्ने डरले धारामा ताल्चा ठोके बर्षौदेखी खानेपानीको चरम समस्या भोग्दै आएका रामेछापका नागरिहरुले यस वर्ष पनि खानेपानीको समस्याबाट मुक्ति पाउन भने सकेनन् ।

गाउँमा भएका खानेपानीको मुहान एकपछि अर्को गर्दै सुक्दै गएपछि रामेछाप नगरपालिका वडा नं-९ सिम्पानीमा रहेको एउटा पँधेरामा उपभोक्ताहरूले पानी चोर्ने डरले धारामा नै ताल्चा ठोकेर खानेपानीको जोहो गर्ने गरेका छन् ।

त्यस गाउँमा खानेपानीको वैकल्पिक मुहान नभएकाले भएको पानी जम्मा गरेर सामूहिक रूपमा सबै घरहरूमा वितरण गर्दै आएका छन् ।

 

विगत १० वर्षदेखि खानेपानीको मूल नफुटेपछि रामेछापका अधिकांश नागरिकहरूले खोला वा जमेको प्रदूषित पानी पिउन बाध्य भएका छन् ।

प्रदूषित पानी पिउँदा प्रत्येक महिना बिरामी परेर अस्पताल भर्ना हुने उपभोक्ताहरूको संख्या दैनिक रूपमा बढ्दै गएको छ ।

हिउँदको समयमा खानेपानी अभावकै कारण बस्ती नै छाडेर खोला किनारमा आएर बसोबास गर्दै आएका उपभोक्ताहरू वर्षातको समयमा पुनः घरमा फर्किएका उनीहरूले खोलामा बगेको र खाल्डाखुल्डीमा जमेको प्रदूषित पानी पिउँदा बिरामी पर्नेको संख्या बढेको हो ।

 

बर्षातको प्रदूषित पानी पिउँदा सयौँ उपभोक्ताहरू बिरामी परेका छन् । प्रदूषित पानी पिउँदा घाँटी दुख्नुको साथै रुघा खोकी लाग्ने, ज्वरो

आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा चल्ने, झाडापखाला लाग्ने र छाती दुख्ने जस्ता समस्याबाट ससाना बालबालिकाहरू देखी

वृद्धसम्मलाई सताउने गरेको छ । प्रदूषित पानी सेवन गरेका कारण अहिले जिल्लामा रहेका जिल्ला स्वास्थ्य कार्यालय रामेछाप, तामाकोशी

सहकारी अस्पताल मन्थलीमा दैनिक बिरामी भएर भर्ना हुनेको संख्यामा वृद्धि भएको छ ।

 

खानेपानी अभावका कारण गाउँका नागरिकहरूले घरमा पाल्दै आएका चौपायाहरू समेत पाल्न छाडेका छन् । पहिला पहिला घरमै ५ देखी १० वटासम्म गाई, गोरु, भैँसी र बाख्रा पालन गर्दै आएका किसानहरूले अहिले क्रमशः पाल्न छाड्दै आएका छन् ।

पानीको कुनै श्रोत नभएका कारण बगेको पानी उपभोग गर्दा झाडापखाला लागेपछि आफ्नो घर मात्र नभएर वरपरका छिमेकीहरू समेत

अस्पताल भर्ना भएको स्थानीय शिशिर खड्गीले बताए । उनले भने, ‘खानेपानी अभाव भएपछि भएको पानी राती चोरी हुने होकी भन्ने डरले

उपभोक्ताहरूले धारामा ताल्चा लगाएर पानीको जोहो गर्ने र उक्त पानी सबै उपभोक्ताहरूलाई समानान्तर ढंगले वितरण गर्ने प्रणाली शुरु गरिएको छ । धारामा लगाउने ताल्चा दैनिक रूपमा घरघरमा रोटेशनमा लगाउने गरिएको छ ।’

 

प्रदूषित पानी पिउँदा वर्षेनी बिरामी परेर अस्पताल भर्ना हुनेको संख्या जस्ताको तस्तै रहेकोले सम्बन्धित निकायले उपभोक्ताहरूलाई पिउने

पानीको व्यवस्था गर्नुपर्ने र पिउने पानी निर्मलीकरण गरेर पिउन डा.प्रकाशप्रसाद शाहले आग्रह गरेका छन्

 

 

सम्बन्धित समचार

वडाध्यक्ष अर्कैकी श्रीमतिको काखमा भेटिए पछि

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment