बाढीपीडितको दैनिकी कष्टकर बन्दै

बाढीपीडितको दैनिकी कष्टकर बन्दै

जविराज ।  बाढीपीडितको दैनिकी कष्टकर बन्दै सप्तकोशी नदीको बाढीले प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिकाका ६०० घरपरिवारको दैनिकी कष्टकर बन्दै गएको छ ।

कोशी नदीको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाठी गाउँपालिकाका घरमा पाँच दिनदेखि बाढी यथावत् रहेकाले दैनिक जनजीवन कष्टकर बनेको बाढीपीडितले गुनासो गरेका छन् ।

 

बस्ती नजिकैको विद्यालय डुबानमा परेपछि बाढीपीडित नजिकैको कृषि सेड तथा सडकमा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको बाढीपीडित

रामकुमार सदाले बताउनुभयो । घरमा रहेको खाद्यान्नसमेत नष्ट भएकाले भुजा र च्युराबाहेक अरु खानेकुरा नपाएको पीडितले गुनासो गरेका

छन् ।

बाढीले चामलसमेत डुबाएकाले खानेपानीको समस्या रहेको उनीहरुले गुनासो गरे । पाइलट च्यानलमार्फत् भारतले नदीको धार परिवर्तन

गराएपछि पाँच दिन अगाडि सप्तकोशी नदीमा आएको बाढीले सप्तरीका मानवबस्तीमा बाढी पसेको थियो ।

 

कोशी नदीमा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ६ का ५४० परिवार प्रभावित भएका छन् । प्रभावित परिवारमध्ये करीब

२०० परिवार कोशी नदीको पश्चिमी बाँधमा अस्थायी शिविर बनाएर बसेका छन् । कोशीको पानी घरमा पसेपछि स्थानीय बासिन्दा पाँच दिनदेखि

घरमा खानासमेत पकाउन सकिरहेका छैनन् ।

 

सुत्ने कोठा, भान्छा कोठा र शौचालय समेतमा पानी पसेपछि उनीहरु सुरक्षित स्थानका लागि अग्लो ठाउँमा बस्न बाध्य रहेको स्थानीय बासिन्दा

चन्दन यादव बताउनुभयो ।

बस्तीमा पानी छिरेपछि हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ की तीन दिनकी सुत्केरी आफ्नै घरमा बाढीले घेरिएपछि कष्टकर र

जोखिमपूर्ण जीवन बिताउन बाध्य हुनुभएको छ । फुसको घर चारैतिर बाढीको पानीले घेरिएपछि २३ वर्षीया सहनाज खातुनको बिजोग भएको

यादवले जानकारी दिनुभयो ।

सुरक्षित स्थानको अभाव र घरमा दुई फिटसम्म पानी जमेपछि उहाँलाई नवजात शिशुसँगै कोठामा खाट राखी हालसम्म सुरक्षित राख्ने प्रयास

गरिएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडी र वडा नं ५ को बर्साइनमा पनि ३० परिवारको घर डुबानमा परेको छ ।

 

बाढी प्रभावित वडामा रहेको चर्पी तथा खानेपानी ट्युबवेल पानीमा डुबेकाले त्यहाँका बासिन्दा खुला ठाउँमा दिसा बस्ने गरेका कारण फोहर

बढ्दै गएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताउनुभयो । बीस वर्षपछि सप्तकोशीको बाढी यस बस्तीमा पसेको

स्थानीय बासिन्दाको भनाइ छ ।

 

 

समन्धित सकचार

नेपाल टेलिकमलाई फोन शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment