एउटै कोठामा आपत्तिजनक अवस्थामा फेला….

पत्तिजनक अवस्थामा फेला परेका गुरुङ र सुनार जिल्ला प्रहरी कार्यालय, बागलुङ चलान !

बुर्तिवाङ २०७५ भदौ १८ । एउटै कोठामा आपत्तिजनक अवस्थामा फेला…. बुर्तिवाङ बजारमा हिँजो अपरान्ह तीन बजेको समयमा  भनिएका बडीगाड गाउँपालिका वडा नं ७ का वडाध्यक्ष कृष्ण गुरुङ र बुर्तिवाङको रिभरहेडमा डेरागरी बस्ने वर्ष ३२ का मीनबहादुर

सुनारकी श्रीमती राममायाँ सुनार (नाम परिवर्तित) लाई थप कार्बाहीका लागि ईलाका प्रहरी कार्यालय बुर्तिवाङले जिल्ला प्रहरी कार्यालय

बागलुङमा पठाएको जनाएको छ । निसीखोला गाउँपालिका १ साविक देविस्थान गाविस हर्पेका मीन बहादुर सुनारले आफु बस्ने डेराको

कोठामा निजहरुलाई आपत्तिजनक अवस्थामा फेला पारेपछी कोठामा ताल्चा लगाई ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा घटनाबारे जानकारी

गराए पछी प्रहरीले हिँजै नियन्त्रणमा लिएको थियो ।

 

श्रोतका अनुसार बडीगाड गाउपालिका ७ साबिक भिङगिठे गाविस डाँडागाउँ खरेलबारी माईत भएकी वर्ष २५ की राममायाँ सुनार (नाम

परिवर्तित) को देविस्थान हर्पेका मीन बहादुर सुनार संग १० वर्ष पहिले विबाह भएको थियो । वडाध्यक्ष गुरुङ र निज राममायाँ (नाम

परिबर्तित)को मार्इृती घर केही मिनेटको दूरीमा रहेको श्रोतले बतायो । उनिहरुवीच धेरै पहिले देखीकै जानपहिचान रहेको स्थानीयको विश्वास

छ ।

बैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष देखी कतारमा रहेका राममायाँ (नाम परिबर्तित)का श्रीमान मीन बहादुर सुनार पाँच महिना पहिले

मात्र बुर्तिवाङ आएका हुन् । उनी यस अघी ३० महिना मलेशियामा सेक्यूरिटी गार्डमा र हाल ३ वर्ष देखी कतारमा स्काभेटरको चालककोरुपमा

कार्यरत रहेको सुनारले बताए । सुनारले मासीक रु १ लाख भन्दा बढी तलब पाउने गरेको पनि बताए ।

 

सुनार भन्छन, ६ महिना पहिले विदेशबाट फर्किएर आएपछी श्रीमतीको व्यवहारमा परिवर्तन आएको देखे पछी मैले वाच (पिछा) गर्न थालेको हुँ

। उनको आशंका बढ्दै गएपछी शनिवार काठमाडौँ जान्छु भनेर घरबाट निस्किएर बुर्तिवाङमै लुकेर बसेको बताए । हिँजो दुबै जना कोठामा

बसेको फेला पारेपछी कोठामा ताल्चा लगाई प्रहरीलाई खबर गरेको उनको भनाई छ । कम्तीमा ३०।३५ लाख रुपयाँ हिनामिना पारेको उनले

श्रीमतीमाथी आरोप लगाएका छन् । उनले श्रीमती र गुरुङबीच मोबाईलमा भएका कुराकानी आफुसंग सुरक्षित रहेको पनि बताएका छन् । उनी

भलिबलका राम्रा खेलाडी हुन् ।

उनिहरु बालबच्चालााई पढाउन रिभरहेड इन्टरनेशल बोर्डिङ स्कूल नजिकै डेरा लिएर बस्दै आएका थिए । उनीहरुका ९ वर्षकी छोरी र ७

वर्षको छोराले रिभरहेड बोर्डिङ कक्षा ३ र नर्सरीमा अध्ययन गरिरहेका छन् ।

 

आपत्तिजनक अवस्थामा फेला परेका गुरुङ र सुनार जिल्ला प्रहरी कार्यालय, बागलुङ चलान

(भिडियोसहित)

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment