बागलुङमा चप्पल उद्योग सञ्चालनमा आयो

बागलुङमा चप्पल उद्योग सञ्चालनमा आयो

बागलुङ । बागलुङमा चप्पल उद्योग सञ्चालनमा आयो जिल्लामा पहिलोपटक चप्पल उद्योग सञ्चालनमा आएको छ ।

व्यवसायी बलबहादुर खड्का र सुवास आचार्यले रू १६ लाखको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् ।

चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात गरिएको छ । उद्योगमा पाँच जनाले रोजगारी पाएका छन् ।

दैनिक झण्डै २०० चप्पल उत्पादन हुने गरेको सञ्चालक आचार्यले बताउनुभयो । पहिलो चरणमा महिलालाई लक्ष्य गरी चप्पल उत्पादन गर्न थालिएको छ । “सेवा र लगानी थप्ने योजना छ,” उहाँले भन्नुभयो ।

 

उद्योगमा लगानी थपेर रु ५० लाख पु¥याउने लक्ष्य रहेको आचार्य बताउनुहुन्छ ।

धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई लक्ष्य गरी सो उद्योग सञ्चालनमा ल्याइएको हो ।

सदरमुकाममा कक्ष राखेर चप्पल बिक्री गर्न थालिएको छ ।

“माग अनुसार उत्पादन र बजार विस्तार गर्ने योजना बनाएका छौँ,” अर्का सञ्चालक खड्काले भन्नुभयो ।

यसअघि सामान्य चप्पलसमेत बाहिरबाट आयात गरिँदै आएको थियो । यहाँको उत्पादन पोखरासम्म बिक्रीका लागि पठाउने गरिएको छ ।

भारतीय सेनाबाट अवकाश प्राप्त खड्काले स्वेदश फर्केर उद्योग खोल्नु भएको हो ।

अर्का लगानीकर्ता आचार्य पत्रकारितामा समेत सक्रिय हुनुहुन्छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment