यसरी गरियो ३०० रुपैयाँको आदर्श विवाह

यसरी गरियो ३०० रुपैयाँको आदर्श विवाह

काठमाडौँ – यसरी गरियो ३०० रुपैयाँको आदर्श विवाह हामिले हाम्रो समाजमा बिभिन्न किसिमका बिबाह देखेका छौ ।बिबाह खासमा हाम्रो समाजमा धेरै खर्च गरेर गरिन्छ बिबाह भन्ने

बित्तिकै ठुलो खर्च गरेर गर्नुपर्छ भन्ने मान्यता र परम्परा नै छ ।विवाहमा अत्याधिक खर्च गर्ने नेपाली समाजको प्रचलन रहेको छ। नेपाली

समाजमा विवाहको लागि महँगो तरिका अपनाउने गरिन्छ।तर गुहेश्वरी मन्दिरमा भएको विवाह नेपाली समाजमा धेरै उदाहरणीय हुन सक्छ।

सोमबार बिहान शिक्षा अभियन्ता उत्तम सञ्जेल ४१ वर्षको उमेरमा वैवहारिक सम्बन्धमा बाधिएका छन्। उत्तम सञ्जेलको विवाह सुन्दरीजलकी

कला अधिकारीसँग भएको हो।उनको विवाहमा लगभग १ दर्जन अथितिहरु मात्रै उपस्थित रहेका थिए।

 

विवाहमा देखिएको दृश्य धेरै रोचक रहेको छ। विवाह गर्ने समयमा बेहुला उत्तम सञ्जेल सामान्य टिसर्टसँगै सामान्य पाइन्ट लगाएका छन्। अझ

उनले आफ्नो खुट्टामा चप्पल लगाएको दृश्य धेरैलाई परिवर्तन गर्ने क्षमता राख्न सक्छ। यस्तै बेहुली कला अधिकारीले भने रातो कुर्ता(सुरुवालमा

घुम्टो ओढेकी थिइन्।विवाहमा दुवै परिवारका सदस्यहरु उपस्थित रहेका थिएनन्। विवाहमा मात्रै ३०० खर्च भएको सुन्दा धेरैलाई अचम्म लाग्न

सक्छ। प्राप्त जानकारी अनुसार खर्चमा २५ रुपैयाको सिन्दुर, ७५ रुपैयाँको पोते र एउटा मालाको १०० रुपैंया पर्ने २ वटा माला समावेस रहेको

छ।नेपालको सबै भन्दा मूल्यमा शिक्षा दिने समता स्कुलको संचालक समेत रहेका उत्तम सञ्जेलको कला अधिकारीसँग समता हस्पिटलमा

चिनजान भएपछि प्रेम भएको बुझिएको छ। कला समता हस्पिटलमा हेल्थ असिस्टेन्टका रुपमा कार्यरत रहेकी छिन्।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment