बारम्बार दुर्घटना भएकै जहाज उडाउँदै यती एयरलाइन्स

बारम्बार दुर्घटना भएकै जहाज उडाउँदै यती एयरलाइन्स

काठमाडौं– बारम्बार दुर्घटना भएकै जहाज उडाउँदै यती एयरलाइन्स शनिबार बेलुका ८ः३० बजे अवतरणको क्रममा धावन मार्गबाट चिप्लिएर दुर्घटना भएको जहाज प्राविधिक रुपमा मर्मत गरेर उडान गर्ने यती एयरलाइन्सले जनाएको छ।

 

एयरलाइन्सले आइतबार जारी गरेको विज्ञप्तिमा हाल दुर्घटना भएको जहाजको प्राविधिकद्धारा चेकजाँच भइरहेको र आवश्यक जाँच तथा

मर्मतपछि मात्रै जहाजबाट नियमित उडान गर्ने उल्लेख छ।शनिबार दुर्घटना भएको यती एयरलाइन्सको नाइनएन एचडब्लु कलसाइन जहाज

२३ वर्ष पुुरानो जहाज हो।

यो जहाज पोखरामा २ पटक, भैरहवामा १ पटक र चितवनमा १ पटक गरी गत चैत्र, वैशाख र जेठमा अवतरणको बेला रन–वेबाट चिप्लिने तथा

अगाडि टायर लक हुने गरेको थियो। तर, एयरलाइन्सले फेरि पनि मर्मतपछि पुरानो जेट स्ट्रिम जहाज उडान गर्ने जनाएको छ।

 

प्राधिकरणले जहाज दुर्घटनाकाे छानबिन गरिरहेकाे छ। प्राधिकरणकाे अनुमति विना जहाज मर्मत गर्न पाउँदैन। त्यसमा पनि निर्माताकाे

मापदण्दभन्दा बाहिर गएर मर्मत गर्न नपाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पाेखरेल बताउँछन्।

 

तर प्राधिकरणकै एक उच्च स्राेतले भन्याे, ‘जहाजमा बारम्बार समस्या अाएकाे छ, सुरक्षाकाे हिसाबले पनि याे जहाज उडानमा प्रतिबन्ध लगाउनु पर्ने अवस्था अाइसकेकाे छ।’

उक्त जहाज दुर्घटनाका कारण शनिबार बेलुका ८ः३० बजेदेखि आइतबार बिहान ८ः २५ सम्म विमानस्थल पूर्ण रुपमा बन्द भएको थियो। जहाज अवतरणको क्रममा घाँसे मैदानको हिलोमा गएर गाडिएको थियो।

 

दुर्घटन भएको जहाज नेपालगञ्जबाट काठमाडौं आउँदै थियो। जहाजमा २१ यात्रु र ३ चालक दलका सदस्य थिए। तर, दुर्घटनामा कुनै मानविय

क्षति भएको थिएन।

घटनाका प्रभावित एयरलाइन्स र यात्रुसँग पनि यतीले क्षमा मागेको छ।

 

एयरलाइन्सले यो जहाज २००६ जुलाईमा खरिद गर्दै आन्तरिक उडानमा सेवा दिँदै आएको छ। ब्रिटिस जेटस्ट्रिम ४१ विमान २३ वर्ष पुरानो हो।

 

यसको पहिलो उडान सन् १९९६ को जनवरी ४ मा भएको थियो। पहिले अमेरिकाको ट्रान्स स्टेट एयरलाइन्सले यो जहाज चलाएको थियो।

 

यतीको जहाज दुर्घटना छानबिन गर्न समिति गठन

 

शनिबार बेलुका ८ः३० बजे अवतरणको क्रममा धावन मार्गबाट चिप्लिएर दुर्घटनामा परेको यती एयरलाइन्सका बारेमा छानबिन गर्न समिति

गठन भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा विभागका पूर्व प्रमुख भेषराज सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन भएको हाे।

 

जहाज शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो।

 

यतीले जारी गरेकाे सूचना

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment