आफ्नै आमा बलत्कार गर्ने शेर्पालाई जन्म कैदको फैसला सुनाईयो

आफ्नै आमा बलत्कार गर्ने शेर्पालाई जन्म कैदको फैसला सुनाईयो

भोजपुर । आफ्नै आमा बलत्कार गर्ने शेर्पालाई जन्म कैदको फैसला सुनाईयो आफ्नै आमा बलत्कार गर्ने भोजपुरका २७ वर्षिया छिरिङ्गतेन्जिङ्ग शेर्पालाई जिल्ला अदालत भोजपुरले जन्मकैदको फैसला सुनाएको

छ । जिल्लाको साल्पासिलिछो गाउँपालिका दोभानेकाका छिरिङ्गतेन्जिङ्गले ६२ वर्षिया आमालाई पटकपटक बलात्कार गरेपछि पिडित आमाले

न्यायिक समितिमा केही समय अघि उजुरी दिएका थिए । तर न्यायिक समितिले यस्तो गम्भिर घटनालाई मिलाउन नमिल्ने भन्दै जिल्ला प्रहरी

कार्यालय भोजपुरमा पठाएको थियो ।

पिडित पक्षले जिल्ला अदालत भोजपुरमा छिरिङ्गतेन्जिङ्ग बिरुद्ध हाडनाता करणको उजुरी दिएपछि मुद्धा अघि बढाईएको थियो । थियो ।

जिल्ला न्यायाधिश हरिश्चन्द्र इङनाम लिम्बुको इजालसले २७ वर्षको जन्मकैद सजय सुनाएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी

मणिराम पोखरेलले जानकारी दिनुभयो । शेर्पालाई हाड नाता करणी तर्फको कैद भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । शेर्पालाई

गत असार ४ गते आमा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

 

समन्धित समचार

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना !

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment