दसैं चहलपहल सुरु, टिकट बुकिङ २४ भदौदेखि

दसैं चहलपहल सुरु, टिकट बुकिङ २४ भदौदेखि

कमला अर्याल/काठमाडौं।

दसैं चहलपहल सुरु, टिकट बुकिङ २४ भदौदेखि सरकारले दसैंका लागि बस टिकटको अग्रिम बुकिङ खोल्ने तयारी गरेको छ । यातायात व्यवसायी र सरकारबीच सोमबार भएको छलफलले

२४ भदौदेखि दसैंका लागि टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

यात्रुहरूको सुविधालाई ध्यानमा राखी २४ भदौदेखि दसैंलक्षित टिकटको अग्रिम बुकिङ खोल्न लागिएको यातायात व्यवस्था विभागका सूचना

अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनले भने, ‘२४ भदौदेखि टिकटको अग्रिम बुकिङ खोल्ने तयारी भइरहेको छ ।’

 

तर, यस वर्षको टिकट बुकिङको मोडालिटी भने फरक हुने विभागले जनाएको छ । सरकारले यसअघि नै लामो समयदेखि यातायात क्षेत्रमा

रहेको सिन्डिकेट खारेज गरिसकेको छ ।

यस्तो अवस्थामा गत वर्षजस्तै यातायातसँग सम्बन्धित संघ तथा समितिले अब टिकट खोल्न पाउने छैनन् । ती संघ तथा समितिका बैंक खाता

पनि रोक्का भएका छन् । सबै सवारीसाधान कम्पनीमा दर्ता हुनपर्ने व्यवस्थाअनुसार अब कम्पनीहरूले मात्रै टिकट खोल्न पाउनेछन् ।

तर, कसरी र कुन मोडालिटीमा ती कम्पनीलाई टिकटको बुकिङ खोल्न दिने भन्ने टुंगो लागेको छैन । यस विषयमा सरकारले छलफल जारी

राखेको छ ।
गत वर्ष यातायात व्यवसायीले झिटीगुन्टा लान बसमा छत हाल्न पाउनुपर्ने, बसभित्र पनि सिटबाहेक केही यात्रु राख्न पाउनुपर्ने तथा वैज्ञानिक

भाडादर लागू गर्नुपर्नेलगायतका माग गरेका थिए । सरकारले भाडादरबाहेकका माग पूरा गर्ने सहमति गरेपछि व्यवसायीले टिकट खुला गरेका

थिए ।

व्यवसायीले निरन्तर वैज्ञानिक भाडादरको माग गरिरहेकाले यसपटक दसैंमा भाडादर वृद्धि हुन सक्ने सूचना अधिकारी उपाध्यायले

राजधानीलाई बताए । कुनकुन स्थानबाट दसैं टिकट बुकिङ खोल्ने, ट्राफिक व्यवस्था कसरी मिलाउने भन्ने लगायतका विषयमा टुंगो लागेको

छैन । गत वर्ष राजधानीको नयाँबसपार्क, बालाजु, गौशाला, कोटेश्वर, कलंकीलगायतका स्थानबाट टिकटको अग्रिम बुकिङ खुलेको थियो ।
त्यसैगरी, हरेक वर्ष यातायात व्यवसायीले दसैंलाई लक्षित गर्दै नयाँ बस पनि थप्ने गरेका थिए । गत वर्ष बैंकिङ क्षेत्रमा तरलता लगानीयोग्य

पुँजीको अभाव भएका नयाँ बस थप गरिएका थिएनन् । यात्रुको चापलाई ध्यानमा राख्दै यस वर्ष पनि नयाँ बस थप्ने विषयमा सरकारले छलफल

जारी राखेको छ । त्यस्तै, बाटोघाटोका अस्थायी मर्मत तथा ट्राफिक सहायता कक्षहरू सञ्चालनलगायतका विषयमा छलफल भइरहेको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment