सिमेन्टमा अहिलेसम्मकै ठूलाे लगानी

सिमेन्टमा अहिलेसम्मकै ठूलाे लगानी

काठमाडौं । सिमेन्टमा अहिलेसम्मकै ठूलाे लगानी पाँच वाणिज्य बैङ्कले होङ्सी शिवम् सिमेण्टमा अहिलेसम्मकै ठूलो कर्जा लगानी गरेका छन् । नेपालको सिमेण्ट उद्योगमा लगानी

गरेको होङ्सी शिवम् सिमेण्टमा एनएमबी बैङ्कको नेतृत्वमा पाँच बैङ्कले १६ अर्व रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । जसमा एनएमबी बैङ्कले ६

अर्व ७५ करोड, नेपाल इन्भेष्टमेण्ट बैङ्कले ४ अर्व, प्रभु बैङ्कले ३ अर्व, एभरेष्ट बैङ्कले १ अर्व २५ करोड र नेपाल एसबीआई बैङ्कले १ अर्व रुपैयाँ

कर्जा प्रवाह गर्ने सम्झौता गरेकाे अबर अार्थिक अभियान दैनिकमा छ ।

 

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उक्त कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । ७ वर्षका लागि बैङ्कहरुले गरेको

उक्त लगानीमा चीनको बैङ्क अफ चाईना र चाईना मिङसेङ बैङ्कले बैङ्क सुरक्षण जमानत दिएको एनएमबी बैङ्कले बताएको छ ।

 

शिवम् सिमेण्ट लिमिटेड अन्तर्गत रहेको सिशवम् होल्डिङ प्रालिको ३० प्रतिशत र चिनीयाँ कम्पनी होङ्सी होल्डिङ लिमिटेड अन्तर्गत रहेको

हङकङ रेड लायन सिमेण्ट नम्बर ३ को ७० प्रतिशत शेयर लगानी रहेको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment