टेलिकमको मोबाइलमा देशभर समस्या

१९ भदौ, काठमाडौं । टेलिकमको मोबाइलमा देशभर समस्या नेपाल टेलिकमको मोबाइलमा समस्या आएको छ । टेलिकमको जीएसएम प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार

बिहानैदेखि समस्या देखिएको हो ।

 

मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् ।

मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् । बिहान ६ बजेबाट माेबाइल

सेवा ठप्प भए पनि त्यसकाे २ घन्टापछि केही सहज भएकाे छ ।

 

नेपाल टेलिकमले मंगलबार बिहान ६ बजेदेखि जीएसएम प्रि-पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको जनाएको छ । टेलिकमका

अनुसार, केही हदसम्म समस्या समाधान भएकाे छ । पूर्ण रूपमा सहज हुन भने अझै केही समय लाग्ने टेलिकमकाे भनाइ छ ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्
Uncategorized

Related posts

Leave a Comment