एशिया कप क्रिकेटको छनोट चरणबाटै नेपाल बाहिरियाे

एशिया कप क्रिकेटको छनोट चरणबाटै नेपाल बाहिरियाे

काठमाडौं, १९ भदौ । एशिया कप क्रिकेटको छनोट चरणबाटै नेपाल बाहिरियाे नेपाल एशिया कप क्रिकेटको छनोट चरणबाटै बाहिरिएको छ ।

निर्णायक खेलमा हङकङसँग ३ विकेटले पराजित भएपछि नेपालको एशिया कप खेल्ने सपना छनोट चरणबाटै सकिएको हो ।

 

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाएको

थियो । नेपालका कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन् भने साझेदारी पनि राम्रो रहेन । नेपालका लागि आरिफ शेखले

सर्बाधिक १८ रन बनाउँदा, कप्तान पारस खड्काले १४, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ र अनिलकुमार साहले र बसन्त रेग्मी १५ रन बनाए ।

हङकङका इशान खानले ४ विकेट लिए ।

 

९६ रनको सामान्य लक्ष्य भेट्टाउन हङकङलाई पनि सहज भने भएन । उसले ३२ ओभर ३ बलमा ७ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

हङकङका ओपनर अंशुमन रथले ५२ रनको अर्धशतकीय इनिङ खेले । नेपालका युवा स्पिनर सन्दिप लामिछानेले ५ विकेट लिए पनि खेल

जिताउन सकेनन् । १० ओभर बलिङ गरेका सन्दिपले २२ रन खर्चेर ५ विकेट लिए ।

 

प्रतियोगिताको सुरुआती २ खेलमा क्रमसः ओमान र युएईसँग पराजित भएसँगै नेपालको एशिया कप खेल्ने सपना धर्मराएको थियो । त्यसयता

घरेलु टोली मलेसिया र सिंगापुरलाई हराए पनि निर्णायक खेलमा नेपालले हङकङलाई हराउनै पर्ने थियो ।

 

पराजित भएसँगै नेपालको भारत र पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना फेरि एकपटक पूरा हुन सकेन । यस प्रतियोगिताको उपाधि

विजेता टोलीले एशिया कप क्रिकेटमा भारत र पाकिस्तान रहेको समूहबाट खेल्नेछ ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment