गोठमै पसेर राँगो र भैंसीको पुच्छर काटिदिए

गोठमै पसेर राँगो र भैंसीको पुच्छर काटिदिए

स्याङ्जा – गोठमै पसेर राँगो र भैंसीको पुच्छर काटिदिए पुतलीबजार नगरपालिका–४ स्थित झौरीखेत निवासी थानबहादुर थापाका एउटा राँगो र भैंसीको पुच्छर आइतवार राति अज्ञात

व्यक्तिले काटिदिएका छन् ।

गोठमा बाँधिएका रागो र भैसीलाई घाँस पराल हालेर आइतवार साँझ सुतेका थापा सोमबार बिहान कुँडो पानी खुवाउन जाँदा पुच्छर काटिएको

अवस्थामा देखेको बताए । थापाले बीउ राँगो पनि पालेका छन् । जुन ठाँउमा राँगाको माग हुन्छ, उनी आफैंले त्यस स्थानमा राँगो लिएर जाने

गर्दछन् ।
पुच्छर काटिएको अवस्थामा आफना पशु देख्नासाथ प्रहरीलाई खबर गर्नुका साथै भेटेरेनरी चिकित्सक लगेर उपचार गराएको वडाअध्यक्ष

ओमबहादुर खड्काले जानकारी दिए ।

आफुले पालेका पशुको त्यस्तो दुखदायी अवस्था देखेपछि थापा चिन्तित छन् । रागोको पुच्छर च्याट्ट काटिएको छ भने भैंसीको पुच्छर

थिलथिलाएर काटिएको छ । दोषी पत्ता लगाएर कडा कारवाही गर्नु पर्ने थापा परिवारको माग छ । अन्नपूर्ण पोस्टमा खबर छ

 

 

 

पार्टी प्यालेसले करिब ३ सय पाहुनालाई सडेको मासु खुवाएपछि

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment