एक व्यक्तिले भूत सम्झेर श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेपछि

एक व्यक्तिले भूत सम्झेर श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेपछि

ओखलढुंगा, १९ भदौ ।  एक व्यक्तिले भूत सम्झेर श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेपछि यो २१ औ शताब्दी हो, यसलाई प्रबिधिको युग समेत भनिन्छ । तरपनि कैयौं स्थानका मानिसहरु आझैपनि भुतप्रेत

हुन्छन् भनि बिश्वास गर्दछन् । कहिले काहीँ अन्धविश्वासकै पछि लाग्दा जिवनमा ठुलो घाटा समेत हुने गरेको छ ।

 

भनिन्छ बेलैमा होस नपुर्याउदापछि पछुताउनु पर्छ । ओखलढुंगामा यस्तै एउटा घटना सार्वजनिक भएको छ । जिल्लाका एक युवकले भुत

सम्झी सँगै सुतेकी श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् । खिजीदेम्वा गाँउपालिका ८ का ३८ वर्षीय हितबहादुर विकले गत सोमबार मध्य राति

भूतले तर्साएको भन्दै निन्द्रामा व्युँजिएर आफ्नै श्रीमतीलाई खुकुरी हानेका हुन् ।

 एक व्यक्तिले भूत सम्झेर श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेपछि
एक व्यक्तिले भूत सम्झेर श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेपछि

 

भूतको छाँया जस्तो लागेर सिरानी मुनीको खुकुरी भिकेर प्रहार गर्दा छेउमै सुतेकी श्रीमती गीता माया विश्वकर्मालाई लागेर गम्भीर घाईते भएकी

छन् । घाईते विश्वकर्माको खुकुरीले टाउको, ढाड र पाखुरामा गहिरो चोट लागेको छ ।

 

घाइतेको हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम

शर्माले बताए । हितबहादुर भूत–भूत भन्दै चिच्याउँदै खुकुरी प्रहार गर्दा श्रीमतीलाई लागेको हो । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान

गरिरहेको प्रहरी नायव उपरीक्षक शर्माको भनाई छ ।

 

 

 

 

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment