मुसाले बैंकको अलार्म बजाइदिँदा प्रहरीलाई हैरानी

मुसाले बैंकको अलार्म बजाइदिँदा प्रहरीलाई हैरानी

काठमाडौं — मुसाले बैंकको अलार्म बजाइदिँदा प्रहरीलाई हैरानी भारतको उत्तर प्रदेशस्थित शामली जिल्लामा एउटा बैंकमा मुसाहरूले अलार्म बजाइदिँदा प्रहरी र सरकारी अधिकारीहरूलाई हैरानी भएको छ ।

मुसाहरूले भूलवश सोमवार इन्डियन बैंकको एक शाखाको अलार्म बजाइदिएको प्रहरीले बतायो ।

जन्माष्टमीको बिदा भएकाले घटना हुँदा कुनै पनि बैंक अधिकारी बैंकमा थिएनन् ।

स्थानीयहरूले ब्रान्च म्यानेजर र प्रहरीलाई खबर गरेपछि उनीहरू घटनास्थलतर्फ दौडेका थिए ।

बैंकमा केही पनि शंकास्पद कुरा भेटिएन, बरू अलार्म सिस्टमनजिक केही मुसाहरू दौडिरहेको प्रहरीको भनाइ छ ।

 

 

बहुविवाह गर्दा जागिर जाने विधेयक एकाएक हटाइयो

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment