नेपाली अदुवा अब युरोप र जापान जाने

नेपाली अदुवा अब युरोप र जापान जाने

नेपाली अदुवा अब युरोप र जापान जाने, नेपालमा उत्पादन हुने अदुवा युरोप र जापानमा निर्यात हुने भएको छ।

 

युरोपको इटाली र एसियाली मुलुक जापानले नेपाली अदुवा स्तरीय भएको भन्दै माग गरेका छन् । आगामी सिजन (दसैंपछि) दुईवटै मुलुकमा

अदुवा निर्यात हुने नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्बर एकका अध्यक्ष तथा अदुवा व्यवसायी नरेन्द्र खड्काले जानकारी दिए।

 

यसअघि जापान र इटालीको कम्पनीले नेपाली अदुवा नमुनाका रूपमा लगेका थिए । दुवै कम्पनीले नेपाली अदुवालाई स्तरीय भनेका छन् ।

स्याम्पलका रूपमा ५–५ केजी पठाएका थियौँ,’ उनले भने, ‘दुवै मुलकका कम्पनीले हाम्रो अदुवा मन पराएका छन्, उनीहरूले आगामी

सिजनमा खरिद गर्ने बताएका छन् ।’

दुवै मुलुकमा दुई महिनापछि अदुवा निर्यात गर्ने उनले जानकारी दिए । भारतीय मुलका एक इटाली नागरिकको स्वामित्व रहेको भेसी इटालियन

नामक कम्पनीले नेपालको अदुवा खरिद गर्ने भएको खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले लेखेका छन्।

 

इलाम जिन्जर एक्स्पोर्ट प्रालिले उक्त कम्पनीसँग सम्झौता गरिसकेको छ । आउँदो अक्टोबरमा एक कन्टेनर अदुवा इटाली पठाउने इलाम

जिन्जरका प्रबन्ध निर्देशक हेमन्तराज बोहोराले जानकारी दिए।

 

‘जापानबाट पनि ल्याब टेस्ट पास भइसकेको छ, अब हामी आफैँ जापान जाने र आवश्यक सम्झौता गर्ने तयारीमा छौँ ।’

 

यसअघि नेपालबाट भारत र बंगलादेशमा अदुवा निर्यात हुँदै आएको छ । इटालीमा निर्यात सुरु हुन सके युरोपका अन्य मुलुकमा समेत जाने सम्भावना हुने खड्काले बताए ।

‘ठूला मुलुकहरू इटाली र जापानबाट नेपाली अदुवाको माग आउनु असाध्यै ठूलो कुरा हो, हामी उत्साही छौँ,’ उनले भने, ‘अब सरकारले

पूर्वाधार निर्माण गरिदिनुका साथै निर्यात सहजीकरण गरिदिनुपर्छ ।’

 

हाल नेपालमा वार्षिक करिब ६ लाख टन अदुवा उत्पादन हुने अदुवा उत्पादक संघको दाबी छ । नेपालको पूर्वी पहाडमा सबैभन्दा बढी अदुवा

उत्पादन हुन्छ।

नेपाली अदुवा अब युरोप र जापान जाने

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment