नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालकको मृत्यु

नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालकको मृत्यु

पर्सा। नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालकको मृत्यु पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।

नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो ।

 

दुवै जना रामगढवाको ज्योतिनगरस्थित पोखरीमा मङ्गलबार बेलुका साथीसँग नुहाउन गएका थिए । अबेर रातिसम्म घर नफर्किएपछि खोजी

गर्ने क्रममा आज बिहान उनीहरुको शव पोखरीमा फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

 

दुवै बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ ।

 

 

समन्धित समाचार

नेपाली अदुवा अब युरोप र जापान जाने

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment