ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खोटाङ ।  ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिका –२ अल्छेढुङ्गामा भएको

ट्याक्टर दुर्घटनामा चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार घर भएका २२ वर्षीय प्रकाश राईको मृत्यु भएको हो ।

छ भने दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका–४ खाल्ले घर भएका २१ वर्षीय सहचालक गम्भीर सुजन राई गम्भीर घाइते भएका छन् ।

गएराति १२ बजेतिर दिक्तेलको अल्छेढुङगादेखि दिक्तेलकै रत्नपार्कतर्फ खाली ट्याक्टर लिएर जानेक्रममा अल्छेढुङ्गामा सडकदेखि १० मिटर

तल खसेर को २ त १३८८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटना भएको स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएको र स्थानीय र प्रहरीले दुवै जनालाई घटनास्थलमा गम्भीर घाइते

अवस्थामा फेला पारेको भए पनि उपचारका क्रममा जिल्ला अस्पताल ल्याउनक्रममा चालकको बाटैमा ज्यान गएको प्रहरीले जानकारी दिएको

छ । मृतक राईको शव पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको जनाइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सह चालक राईको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ रेफर गरिएको प्रहरीको भनाई छ ।

घाइते राईको शरीरका विभिन्न ठाउँमा गहिरो चोट रहेकोले रेफर गरिएको अस्पतालले जनाएको छ ।

 

 

समन्धित समाचार

नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालकको मृत्यु

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment