२२ वर्षिय युवकको शिरच्छेदन गरी हत्या

२२ वर्षिय युवकको शिरच्छेदन गरी हत्या

बुर्तिवाङ २०७५ भदौ १९ ।  २२ वर्षिय युवकको शिरच्छेदन गरी हत्या 

संगिन जीसीको शव काठमाडौको स्वयंभू जंगलमा टाउको चुँडिएको अवस्थामा भेटिएको महानगरिय प्रहरी परिसर टेकुले जनाएको छ । मृतक

जीसी रक्षा बन्धनको दिन १२ गते दिउँसो २ बजे घुम्न भनि बाहिर निस्केपछि घरमा फर्किएका थिएनन् । अर्को दिन भदौ १३ गते पनि परिवारको

सम्पर्कमा नआएपछि हजुरबुबाले महानगरीय प्रहरी बृत स्वयम्भूलाई खोजिदिन निवेदन दिएका थिए ।

 

भदौ १७ गते आईतबार दिउँसो ४ बजे साना केटाकेटीले स्वयंभूको जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरिय प्रहरी

परिसर टेकुका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले परिवारले दिएको हुलियाको आधारमा जीसीको कपडा र चप्पलबाट शव पहिचान

भएको बताए । प्रहरीका अनुसार स्वयम्भूकै जंगलको झाडी भित्र जिसीको शरीर र टाउको चुडिए र शरीर सडेको अवस्थामा भेटिएकोे छ ।

 

मृतकका बाबु निम बहादुर जीसीका अनुसार आफ्नो छोराको हत्या कुनै नियोजित तरिकाले भएकाल हत्यारालाई सरकारले कानुनी दायरामा

ल्याएर कारबाही गर्नुपर्ने बताएका छन् ।

आइटी सम्बन्धीको साताँै सेमिस्टर न्यू सुमिट कलेज शान्तिनगरमा अध्ययन गर्दै आएका उनी यस पछिको अध्ययनका लागि विदेश जाने

प्रकृयामा रहेका थिए । तर उनको पठाई सकिनै नपाउँदै त्यो सपना भने पुरा हुन सकेन । जीसीको शव अहिले त्रिभूवन शिक्षण अस्पतालमा

महाराजगंजमा राखिएको छ । हत्यारा पत्ता नलागेसम्म परिवारले शव नबुझने बताएका छन् ।

बिमल खड्का,

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment