कांग्रेस सांसदले मागे प्रधानमन्त्री ओलीको राजीनामा

कांग्रेस सांसदले मागे प्रधानमन्त्री ओलीको राजीनामा

२० भदौ, काठमाडौं । कांग्रेस सांसदले मागे प्रधानमन्त्री ओलीको राजीनामा प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

संसदको बुधबारको बैठकमा कांग्रेस सांसद अमेरशकुमार सिंहले सरकारले संविधान उलंघन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका

हुन् ।

संविधानले नागरिकलाई विना रोकटोक हिँडडुल गर्न स्वतन्त्रता दिए पनि सरकारले संविधान उलंघन गरेर स्वेच्छाचारी भएको उनले आरोप

लगाए । थाइल्याण्ड जान लागेका पूर्वलडाकु लेनिन विष्टलाई विमानस्थलबाट फर्काइएको प्रसंगमा सांसद सिंहले प्रधानमन्त्रीको राजीनामा माग

गरेका हुन् ।
‘के व्यक्ति ब्यक्तिले अनुमति लिएर जानुपर्छ ? सरकारले संविधानको उलंघन गरेको छ, म प्रधानमन्त्रीको राजीनामा माग गर्दछु,’ उनले भने,

‘सरकार स्वेच्छाचारी तरिकाले चल्नु हुँदैन । संविधानको उलंघन गर्न बनाएको होइन ।’

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment