६० करोडका मालिक एकैरातमा सडकमा आएपछि

६० करोडका मालिक एकैरातमा सडकमा आएपछि

काठमाण्डु – ६० करोडका मालिक एकैरातमा सडकमा आएपछि कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा

सारिदिएको छ ।नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर

इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा

घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो । प्रहरीले चार सरकारी कर्मचारीसहित १२ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान

अघि बढाएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का अनुसार भारतीय व्यापारी जटिया विदेशमा रहेका बेला नक्कली

कागजपत्र र हस्ताक्षरका आधारमा कम्पनी नामसारी गरिएका हुन् ।उनको कम्पनीको लगानी २५ लाख रुपैयाँ मात्र देखाइएको छ । तर,

कम्पनीको नाममा सम्पत्ति भने ६० करोडभन्दा धेरै थियो ।

उनले करिब २५ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएका छन् । कम्पनीको सबै कारोबारको जिम्मा उनले आफ्ना कर्मचारी मगरलाई सुम्पिएका

थिए । जटियाको सबै कारोबार तथा सम्पत्तिबारे उनलाई थाहा थियो ।यसरी भयो ठगी व्यवसायी जटियाका पूर्वकर्मचारी जितबहादुर मगरले

मालिकको सम्पत्तिबारे आफन्त तथा साथीहरूलाई बताएका थिए ।नयाँ पत्रिकामा खबर छ । साथीकै योजनामा उनले कम्पनी रजिस्ट्रार

कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी कम्पनीको अध्यक्षबाट जटियालाई हटाएर आफू नियुक्त भएको कागजपत्र तयार पारे ।त्यही

आधारमा कम्पनी आफ्नो नाममा लिए । कम्पनी आफ्नो नाममा लिएपछि सबै घरजग्गा बिक्री गरेर भाग्ने तयारी गर्ने क्रममा योजनाकारसहितका

व्यक्तिहरू पक्राउ परेका हुन् । सिआइबीले कम्पनी रजिस्ट्रार कार्यालयका चार कर्मचारीलाई पक्राउ गरिसकेको छ । अधिकृतद्वय नारायण

पोखरेल र उमेश जोशीसहितका कर्मचारी पक्राउ परेका छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment