आफन्तले जिम्मा नलिँदा अस्पतालमै कुहियो शव

आफन्तले जिम्मा नलिँदा अस्पतालमै कुहियो शव

पाँचथर : आफन्तले जिम्मा नलिँदा अस्पतालमै कुहियो शव याङवरक गाउँपालिका–३ ओयामकी २५ वर्षीया गीता सेलिङको मृत्यु भएको चार दिन बित्दा पनि आफन्तले शव जिम्मा लिएका

छैनन्। जिल्ला अस्पतालको शव घरमा रहेको शव सढ्न लाग्दा पनि मृतकका आफन्तले माग सम्बोधन नभएसम्म जिम्मा नलिने अडान लिएका

छन्। भदौ १५ मा प्रसूतिका लागि ओयामस्थित स्वास्थ्य चौकीमा गएकी गीताको १७ गते प्रसूति गराउने क्रममा चिकित्सकको लापारवाहीको

कारण ज्यान गएको भन्दै आफन्तहरुले प्रसूतिमा संलग्न चिकित्सकलाई कानुनअनुसार कारवाही गर्न र राहत दिन माग गरेका छन्। मृतकका

श्रीमान् समिर सेलिङले गीतालाई सुत्केरी व्यथाले च्याप्दै गएपछि स्वास्थ्य चौकी ओयामका इञ्चार्ज तेजबहादुर शाहीले भदौ १७ को साढे १ बजे

प्रसूति गराउन बेड भर्ना गराएको र केही समयपछि बेहोस भएको भनेर फिदिमस्थित जिल्ला अस्पताल पाँचथर रेफर गराएको बताए।

बिरामीको मृत्यु भइसकेको देखिएपछि फिदिम लाँदैनौ भन्दा बिरामी बेहोस मात्रै भएको र निको बनाउने जिम्मा हाम्रो भन्दै सुरक्षाकर्मी बोलाएर

शाहीले जबरजस्ती ट्याक्सीमा लगाएर लगेको समिरको दावी छ। ‘बिरामीले मुखबाट फिँच निकालेको देखेँ, त्यसैले जान्नौँ भन्दा प्रहरीले हप्काएर

गाडीमा बस्नु लगाए,’ उनले भने, ‘बोल्दै प्रसूतिका लागि भित्र गएको मान्छे कसरी एकैछिनमा बेहोस हुन्छ र मर्छ?’ गीतालाई जिल्ला अस्पतालमा

पु¥याए लगत्तै मृत घोषणा गरिएको थियो। याङ्वरक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले पीडित पक्षसँग चौथो पटकसम्म वार्तामा बसे पनि

निष्कर्षमा पुग्न नसकेको बताए। उनले पीडित पक्षलाई मृतकको काजकिरिया खर्च दिने भनेको तर पीडित पक्षले नमानेको बताए।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment