बाघको आक्रमणबाट एक महिला घाइते

बाघको आक्रमणबाट एक महिला घाइते

गुल्मी । बाघको आक्रमणबाट एक महिला घाइते बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक, भुवान गैराखर्क बस्ने ३१ वर्षीया तारादेवी पोखरेल बाघको आक्रमणबाट घाइते भएकी हुन् ।

 

बिहान ६ बजे खोरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई बाघले झम्टेको थियो । बाघले पोखरेलको अनुहार र गर्धनमा चोट पुर्‍याएको छ । बाख्राको खोरमा बसेको बाघले २ वटा बाख्रा समेत मारेको छ।

 

उनको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको वडाध्यक्ष मान बहादुर कुँवरले बताए ।

 

 

 

 

 

पार्किङ गरिराखेको गाडीभित्र शब भेटियोे

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment