श्रीमान हत्याको अारोपमा महिला पक्राउ

श्रीमान हत्याको अारोपमा महिला पक्राउ

अर्घाखाँची : श्रीमान हत्याको अारोपमा महिला पक्राउ श्रीमानको हत्या गरेको आरोपमा कपिलवस्तु, वाणगंगा नगरपालिका–७, पिपरा धैरनीडाँडाकी राधा घर्ती मगर न्यौपानेलाई प्रहरीले

प्रक्राउ गरेको छ। उनले प्रेमी रुकुम निवासी रमेश बिकसँग मिलेर श्रीमानको हत्या गरेको स्वीकारेकी प्रहरीले बताएको छ। पिपरा

धैरनीडाँडाका धनबहादुर घर्तीमगर सन्धिखर्क नगरपालिका–१२ बस्यालटोलामा रहेको ससुराली गएका बेला भदौ १३ मा धारिलो हतियार प्रहार

गरी हत्या गरिएको अवस्थामा जंगलमा भेटिएको थियो। राधा र रमेशले राति हत्या गरी बोरामा हालेर फ्याँकेको स्वीकारेको प्रहरीको भनाइ छ।

उनीहरुले धनबहादुरको शव फ्याँकेर १४ गते बिहान घर फर्केको बताइएको छ। प्रहरीसँगको वयानमा रमेशले कुटपिट गरी मारेको राधाले

बताएकी प्रहरीले बताएको छ। राधा र रमेश चार वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएको वयानमा राधाले स्वीकारेको प्रहरीले बताएको छ। रुकुम

निवासी रमेश भदौ ९ मा साउदी अरबबाट सिधै राधाको घरमा गई तीन दिन बसेको अनुसन्धानका क्रममा खुलेको निमित्त प्रहरी प्रमुख

खिमबहादुर घर्ती मगरले बताए। मृतक धनबहादुर बाग्लुङ्गको एक कम्पनी काम गदै आएका थिए। घरबाट श्रीमती एक युवकसँग हिँडेको थाहा

पाएपछि कपिलवस्तुको घरमा आई भदौ १३ साँझ ससुराली गएको प्रहरी निरिक्षक गम्भिरजंग थापाले बताए। अनुसन्धानको क्रममा शव

पहिचाहन गर्न राधालाई बोलाएर सोधपुछ गर्दा उनले आफ्नो श्रीमान नभएको बताइकी थिइन्।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment