विद्यालयमा ७ जना विद्यार्थीलाई ५ जना शिक्षकले पढाउँदै

विद्यालयमा ७ जना विद्यार्थीलाई ५ जना शिक्षकले पढाउँदै

दाङ, २२ भदौ । विद्यालयमा ७ जना विद्यार्थीलाई ५ जना शिक्षकले पढाउँदै पश्चिम दाङको एक विद्यालयमा ५ जना शिक्षकले ७ जना विद्यार्थीलाई पढाउने गरेका छन् । दंङगीशरण गाँउपालिका वडा नम्वर ३ मिरौलीका शरस्वती प्राथमिक बिद्यालयमा ५ जना शिक्षकले कुल ७ जना विद्यार्थीलाई पढाउदै आएका छन् ।

विगत ४ वर्षदेखि उक्त विद्यालयमा अत्यन्त न्यून विद्यार्थीहरु भर्ना हुने गरेको विद्यालयका प्रधानाध्यापक विजयकुमार भट्टराईले जानकारी दिए । विद्यार्थीहरुको चाप अत्यन्त न्यून भएपछि बालविकासका २ जनाका लागि एक जना शिक्षिकाले पढाउदै आएकी छन् ।

गत विहीबार उक्त विद्यालयमा कक्षा १ का १ जना,कक्षा २ का २ जना, कक्षा ४ का ४ जना र कक्षा ५ का १ जना विद्यार्थीहरुलाई एक कक्षा राखि शिक्षकहरुले पढाउदै गरेका थिए ।

विपन्न समुदायका बालबालिकाहरु पढ्न आउने उक्त विद्यालयमा वार्षिक परिक्षाको समयमा भने २८ जना सम्म विद्यार्थी बृद्धि हुने गरेको प.अ. भट्टराईले बताए । १ किलो मीटर दुरीमा प्राबि तहको विद्यालय पोटली भन्ने स्थानमा ४ वर्ष अघिदेखि स्थापना भएकाले पनि विद्यार्थीको संख्या यस विद्यालयमा ह्वात्तैै घटेको विद्यालय प्रशासनले दाबी गरेको छ । २

जना स्थायी शिक्षक, १ जना राहत,२ जना बालविकास र १ जना कार्यालय सहयोगी गरि ६ जना शिक्षक कर्मचारी उक्त विद्यालयमा कार्यरत छन् । वार्षिक परिक्षामा सहभागि हुने विद्यार्थीको संख्या बढ्ने दाबी गरेको उक्त विद्यालयमा कुल मध्ये ७ जना मात्र नियमित पढ्न आउने गरेका विद्यालयका प्रधानाध्यापक भट्टराईले बताए ।

उक्त विद्यालयले दिएको जानकारी अनुसार शिशु कक्षामा ९ जना मध्ये २ जना छात्रा र ७ जना छात्र, कक्षा १ मा ५ जना मध्ये छात्रा २ र छात्र ३, कक्षा २ जना ३ जना मध्ये २ जना छात्रा र १ जना छात्र, कक्षा ३ मा १ जना छात्रा र १ जना छात्र, कक्षा ४ मा १ जना छात्रा र २ जना छात्र र कक्षा ५ मा ४ जना मध्ये २ जना छात्रा र २ जना छात्र भर्ना भएका विद्यालय प्रशासनले जनाएको छ ।

२०४८ सालमा स्थापना गरिएको उक्त विद्यालयलाई अन्य विद्यालयसग मर्ज गर्ने तयारी गरिएको वडा नम्वर ३ का अध्यक्ष पूर्ण बहादुर चौधरीले जानकारी दिए । यसअघि मर्जको प्रयास गरिएको भएपनि स्थानीयहरुको अडानका कारण मर्ज हुन सकेको छ्रैन । सोही विद्यालयको अवस्था झै पोटली, सीमठाना र चिसका प्राथमिक विद्यालयमा पनि न्यून विद्यार्थीहरु रहेको बताइएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment