भेटिएनन् पुरस्कार पाउने निजामती कर्मचारी

भेटिएनन् पुरस्कार पाउने निजामती कर्मचारी

काठमाडौं।
भेटिएनन् पुरस्कार पाउने निजामती कर्मचारी योग्य कर्मचारी नभएको भन्दै सरकारले यो बर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न नसकेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको समाचार अनुसार, सरकारले हरेक बर्ष भदौ २२ लाई निजमती सेवा दिवसका रुपमा मनाउने गरेको छ ।

दिवसका अवसरमा सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको जानकारी समाचारमा उल्लेख गरिएको छ ।

पुरस्कार पाउने कर्मचारी भेटिएन शिर्षका छापिएको समाचारमा भनिएको छ, तर अघिल्ला बर्ष जस्तै यस बर्ष पनि सरकारले उत्कृष्ट कर्मचारी छनोट गर्न सकेन ।

दुई बर्ष अघि तत्कालीन अर्थसचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिएयता कुनै पनि कर्मचारीलाई सो पुरस्कार दिइएको छैन ।

 

 

फेसबुकको दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment