गोर्खाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर धादिङमा दुर्घटना

गोर्खाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर धादिङमा दुर्घटना

काठमाडौं ।  गोर्खाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर धादिङमा दुर्घटना गोर्खाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा दुर्घटना परेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार जिल्लाको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको छ । तर घटनाकना बिस्तृत बिवरण भने आउन नसकेको पाण्डेयले बताएका छन् ।

हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । प्रमुख जिल्ला अधिकारीले भने फोर्स ल्याण्डिङ हो कि दुर्घटना हो भन्ने खुलेको छैन ।’

 

गोर्खाको सानागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किँदै गर्दा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

 

समन्धित समाचार

करेन्ट लागेर अपांगता भएका सन्देशको हरिबिजोग

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment